राजनीति

अचानक प्रधानमन्त्रीले किन बोलाए कांग्रेस केन्द्रीय समिति बैठक ? यस्तो छ कारण

काठमाण्डौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान ८ बजे बस्ने तय भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, महामन्त्री शशांक कोइरालालगायत पदाधिकारीको भेटपछि बैठकको मिति तय भएको हो ।
बैठकमा निर्वाचनको समीक्षा र राष्ट्रियसभा अध्यादेशबारे छलफल हुने भएको छ । निर्वाचनमा कांग्रेसले पराजय भोगेपछि कतिपय नेताले विशेष महाधिवेशनको मागसमेत गरेका थिए ।

बैठकमा निर्वाचनमा भएका अन्तर्घातबारे छानबिनको माग गर्नुका साथै र महासमिति बैठकको माग गर्ने तयारी रहेको छ ।