समाचार

म्यादी प्रहरीबाट विदाई भएको केही दिनमै पूजाले गरिन् आत्महत्या, आखिर यस्तो स्टाटस लेखेर किन बिदा लिईन?

कञ्‍चनपुर । कञ्‍चनपुरमा एक युवतीले आत्महत्या गरेकी छन् । झलारी–१० घर भएकी पूजा धामीले सोमबार घरमै विष सेवन गरेकी थिइन् । घरमा कोही नभएको बेला विष सेवन गरेको बताइएको छ । आफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी ल्याएका थिए ।

अवस्था गम्भीर रहेको भन्दै चिकित्सकहरुले कोहलपुर रिफर गरेका थिए । उपचारको लागि धनगढीबाट कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‍याइएको थियो तर भर्ना लिन नमानेपछि नेपालगंज लगियो । चिकित्सकहरुले बचाउन नसकिने भन्दै घर लिन सल्लाह दिएका थिए ।

शुक्लाफाँटा नगर विकास समितिका अध्यक्ष जीवन धामीका अनुसार कक्षा १२ मा पढ्दै गरेकी पूजा म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचन सम्पन्‍न भएपछि यही पुस ७ गते विदाई पूजा भएर घर फर्किएकी थिइन् ।

धामीका अनुसार आज (मंगलबार) पोस्टमार्टमको लागि महेन्द्रनगरस्थित महाकाली अञ्‍चल अस्पताल लेखिएको छ । मंगलबार नै पूजाको अन्त्यष्टी गरिने बताइएको छ ।

फेसबुकमा पूजाले हिजो अन्तिममा एउटा स्टाटस लेखिकी थिइन् । १९ वर्षीय ‘आकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमि हेरिमात्र रहँनु’ पूजाले अन्तिम स्टाटस लेखिकी छन् । अनलाइन डबली