पर्यटन/संस्कृति

५० लाख विदेशी पर्यटक भित्र्याउन यस्तो अभियान

काठमाण्डौ । ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ ।

नाट्टाको आज बसेको कार्यसमिति बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचनसहितको साधारणसभा काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

निर्वाचनले अध्यक्ष, पदाधिकारी र सदस्यसहित १६ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नाट्टाको निर्वाचनका लागि ४७० मतदाता रहेका छन् ।

नाट्टाका अध्यक्ष मधुसुधन आचार्यले आगामी सन् २०३० सम्म ५० लाख विदेशी पर्यटक पु¥याउने लक्ष्यका साथ संस्थाले अन्य पर्यटकीय संस्थासँग समन्वय गरेर प्रचारात्मक अभियान चलाउने बताए ।

निर्वाचनको निर्णयसँगै नाट्टाको नेतृत्वका लागि व्यवसायीले दौडधुप शुरु गरेका छन् । नेतृत्वका लागि थुपै्र आकांक्षी भए तापनि अध्यक्षका लागि वाम गठबन्धनकोतर्फबाट सम्राट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक सिएन पाण्डे र स्वतन्त्र व्यवसायीबाट सि एण्ड स्काई टुर्सका प्रबन्ध निर्देशक अच्युत गुरागाईंको नाम चर्चामा छ । उनीहरुले भिन्न गठबन्धन बनाई छलफल चलाइरहेका छन् ।