पु.समाचार

‘उपेन्द्र देवकोटाको स्वास्थ्य सुधारोन्मुख’

काठमाण्डौ । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्रप्रसाद देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न सञ्चारमाध्यममा काल्पनिक र भ्रामक समाचार आएको भन्दै नेपाल न्युरोसर्जन समाजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

डा. देवकोटालाई जन्डिसको समस्या देखिएकाले बेलायतको लण्डनमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको समाजले जनाएको छ ।

अहिले पनि उपचारको क्रम चलिरहेको तर बाहिर आएको जस्तो स्वास्थ्यमा गम्भीर समस्या नरहेको बताएका छन् । समाजले बाहिर आएका कुराको पछि नलाग्न आग्रह गरेका छन् ।