पु.समाचार

यसकारण जिल्ला अदालत मनाङमा कम मुद्दा दर्ता

मनाङ । मुलुकका विभिन्न जिल्लामा मुद्दैमुद्दाको चाप देखिए पनि जिल्ला अदालत मनाङमा भने अत्यन्त कम मुद्दा दर्ता हुने गरेको छ ।

सानातिना घटनादेखि जतिसुकै ठूला घटना घटे पनि अदालतमा मुद्दा दर्ता गर्न र उजुरीसम्म गरिँदैन यहाँ । सानातिना घटनादेखि ठूलाठूला घटनालाई पनि गाउँमै मिलाउने परम्पराले पनि अदालतमा मुद्दा दर्तामा कमी आएको हो ।

जिल्ला अदालत मनाङमा हालसम्म जम्मा दुई वटा मुद्दा मात्र परेको छ, मनाङका जिल्ला न्यायाधीश दीपक ढकालले भने– ‘ज्यान मुद्दा र सवारी दुर्घटनाबाहेक अरु मुद्दा दर्ता भएको छैन् ।’

विगत १० वर्षअघि नारफुमा यर्सा संकलनका क्रममा १२ जना गोर्खालीको हत्याको एउटा मुद्दा र हालसालै जिप दुर्घटनामा चालकको लापर्बाहीका कारण एकजनाको मृत्यु भएकाले चालकप्रति मुद्दा दर्ता भएको छ ।

मनाङ सानो र थोरै जनासंख्या भएको जिल्ला भएकाले पनि यहाँ घटेका घटनालाई गाउँघरमा नै मिलाउन सहज भएको हुनुपर्छ ।