राजनीति

ओलीलाई भेट्न बालकोट पुगे माओवादी अध्यक्ष दाहाल

भक्तपुर । झण्डै एक हप्ताबीच एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो ।

चार दिन लामो चितवन बसाईं र एकतापछि पार्टी नेतृत्वका सम्बन्धमा आएका विवादास्पद धारणाका कारण पछिल्लो दिन एमाले–माओवादी केन्द्रबीच सम्बन्ध चिसिएको आशंकाका बीच दुई नेताबीच वार्ता सुरु भएको हो ।

दुई नेताबीच राष्ट्रिय सभा निर्वाचनका कारण उत्पन्न गतिरोध, सरकार गठन र पार्टी एकताका सम्बन्धमा कुराकानी हुनेछ ।