सूचना प्रविधि

त्रिभुवन विमानस्थलको भिसीसी सिस्टममा समस्या, आन्तरिक उडान स्थगित

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाइलट र एटिसी नियन्त्रणबीचको संचार प्राणाली अवरुद्ध भएपछि सयौं उडान स्थगन तथा डाइभर्ट भएका छन् ।

विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर र पाइलटबीचको संचार हुने (जसलाई भिसीसी सिस्टम भनिन्छ) प्रणाली बिग्रिएपछि आन्तरिक तर्फका धेरै उडानतथा अवतरण अवरुद्ध स्थगत, डाइभर्ट भएको र अन्तर्राष्ट्रिय तर्फको हवाई ट्राफिक चाप बढेको छ ।

आज दिउसो ३ बजेदेखि उक्त प्रणाली विग्रिएपछि अहिलेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण अवरुद्ध भएको विमानस्थलले जनाएको छ । यद्यपी विमानस्थल बन्द हुन नदिएर ढिलै भएपनि उडान तथा अवतरणलाई निरन्तरता दिएको विमानस्थलका अपरेशन विभाग निर्देशक सुधिर चौधरीले जानकारी दिए ।

कूल तीनवटा युनिट रहेको त्यस्ता भिसिसि सिस्टममा २ वटा विग्रिएका छन् । हाल ति युनिटमर्मतको क्रममा रहेको र साढे ६ बजेसम्मको लागि भनेर सुचना निकालिएको चौधरीले बताए ।

आन्तरिक तर्फका उडानहरु अहिले करिबकरिब बन्द स्थगनमा रहेको र अन्तर्राष्ट्रियलाई दुई ठाउँमा होल्ड गराइएको उनले बताए । उनका अनुसार एउटा पहिले होल्ड हुने दक्षिणतिरको आकाश र अर्कोलाई काठमाण्डौंकै आकाशमा होल्ड गरिएको छ ।