आर्थिक

बजाज टेष्ट ड्राइभ मेलामा २० वटा बजाज आरइ बुकिंग

वीरगञ्ज । बजाज थ्रि ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज आरई नेपाली बजारमा बिक्री बितरण गर्दै आएको छ । बजाज आरइको बारेमा जानकारी दिने र सवारीधनीहरुलाई टेष्ट ड्राइभ र मनोरञ्जन दिने उद्धेश्यका साथ यहि पुष ११ गते वीरगञ्ज, पर्सा स्थित रातो बंगलामा बजाज आरई महा टेष्ट ड्राइभ मेला भव्य रुपमा सम्पन्न गरेको छ ।

विश्वको प्रमुख थ्रि ह्वीलर आरइले नेपालीहरुलाई स्वदेशमा नै रोजगार प्रदान गर्ने उद्धेश्यका साथ नेपालमा बजाज आरइ बिक्री गर्दै आएको छ । वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देश भित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउन बजाज आरइ महा टेष्ट ड्राइभ मेला आयोजना गरेको हो ।

बजाज आरइमा गरिएको लगानीले पहिलो दिन देखि नै आम्दानी गर्न सकिने हुँदा यसको मूख्य नारा नै ‘एउटा यस्तो लगानी जसले गर्दछ शुरुको दिन देखि नै आम्दानी’ भन्ने रहेको छ । यसले ग्राहको चाहनालाई सार्थक पर्दछ । कम्पनीले मनोरञ्जनका साथमा बजाजका थ्रि ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि यहि मंगलबार मेला आयोजना गरेको थियो । स्थानीय डिलरहरु पनि यो कार्यक्रममा समावेश रहेका थिए । महा टेष्ट ड्राइभ मेलामा नेपाली लोकप्रिय गायक शिव परियारले विभिन्न नेपाली गीतहरु गाएर स्थानीयहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

वीरगञ्जका स्थानीय कलाकारहरुले स्थानीय बासिन्दाहरुकालाई नाटक प्रस्तुत गरेका थिए । नेपाली लोकप्रिय गायिका सेलिना कुँवर र बिरगंजका लोकप्रिय गायक सुनिल पण्डितले मैथली र भोजपुरी गीतहरु गाएर स्थानीय बासिन्दाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
बिरगंजको प्रसिद्ध डान्स कल्ब (नाचघर ) नारायणी कला केन्द्रद्वारा दर्शकहरुका लागि नौलो र बिशेष नृत्य प्रस्तुत गरेका थिए । स्थानीय अन्य कलाकारहरुको समेत भव्य प्रस्तुति रहेको थियो । स्थानीय बासीले कार्यक्रमलाई एउटा उत्सबको रुपमा मनोरञ्जन लिएका थिए ।

बजाज आरइले मनोरञ्जनका साथमा बजाजका थ्रि ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि यहि मंगलबार मेला आयोजना गरेको थियो । कार्यक्रममा ५००० भन्दा बढि मानिसहरु सहभागी भएका थिए । मेलामा ७६० वटा टेस्ट राइड प्रदान गरिएको थियो भने २० वटा बजाज आरइ बुकिंग भएको थियो । यो मेलामा १० वटा लक्कि ड्र गरिएको थियो ।

त्यसैगरी साङ्गीतिक कार्यक्रम, फुड स्टलको व्यवस्था, ट्राफिक नियमको बारेमा सर्वसाधारणलाई जानकारी दिईयो । बिरगंजमा पहिलो पटक आयोजना गरिएको बजाज आरई महा टेष्ट ड्राइभ मेला पर्साको आधिकारिक बिक्रेता श्री नारायणी मोटरस्को सहयोगमा सम्पन्न भएको थियो ।

केहि समय अगाडी मात्र बजाज आरइले स्वरोजगार ¥याली आयोजना गरेको थियो । जो सरहानियको थियो । यो ¥यालीले पूर्व पश्चिम राजमार्गमा २७ दिनसम्म यात्रा गरेको थियो जून यात्रा बिर्तामोडबाट शुरु भएको थियो र महेन्द्रनगरमा समापन भएको थियो ।