पु.समाचार

सशस्त्रको मुख्यालयमा हवल्दारले आगो लगाए

काठमाण्डौ । एक साता अगाडि सशस्त्र प्रहरीको मुख्यालयको स्टोरमा सशस्त्र प्रहरीका हवल्दारले आगलागी गराएको पुष्टि भएको छ । लेखा शाखामा कार्यरत हवल्दार रामकृष्ण श्रेष्ठले आगलागी गराएको अनुसन्धानमा खुलेको हो ।

आफू फस्ने डरले महत्वपूर्ण आर्थिक कागजपत्र जलाएको अनुसन्धानबाट खुलेको छ । पेट्रोल छर्केर आगो लगाएका श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले मंगलबार पक्राउ गरेको छ । श्रेष्ठले आफूले आगो लगाएको स्वीकार गरेको अपराध महाशाखाले जनाएको छ ।

आगो लागेको स्टोर कोठामा आर्थिक कारोबारका महत्वपूर्ण कागजातहरु राखिएका थियो । जसका बारेमा अख्तियार अनुसन्धान आयोगले छानविन गर्दै आएको थियो । गत सोमबार राति १ बजे उक्त स्टोरमा आगलागी भएको थियो ।