राजनीति

प्रधानमन्त्री भन्छन्ः सरकार छोड्न आतुर छु

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक व्यवस्था अनुसार सत्ता हस्तान्तरण गर्न आफु आतुर रहेको बताएका छन् ।

सौराहामा १४ औं चितवन हात्ती महोत्सवको उद्धघाटन गर्दै प्रधानमन्त्री देउवाले संवैधानिक प्रक्रिया अनुरुप सत्ता हस्तान्तरण गर्ने बताएका हुन् । देउवाले भने, ‘लामो संक्रमणकाललाई राष्ट्रिय–अन्तराष्ट्रिय स्तरबाट विश्वास हुने किसिमबाट सम्पन्न गर्दै शाचन्तिपूर्ण लोकतान्त्रिक नेपाल निर्माण गर्न नेपाल सरकार सफल भएको छ ।’

मुलुकको संक्रमणकालको समाधानका लागि नेपाली कंग्रेस सफल भएको प्रधानमन्त्री देउवाले जिकिर गरे । देउवाले भने, ‘पार्टीको फाईदा बेफाईदा नहेरी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्न सफल भएको छ ।’

संक्रमणकाललाई निकास दिनका लागि आफु नेतृत्वको सरकार सफल भएको बताउँदै प्रधानमन्त्री देउवाले नतिजाको ख्याल नगरी निर्वाचत शान्तिपूर्ण रुपमा गराउन सफल भएको उल्लेख गरे । मुलुकमा पर्यटकको संख्यामा वृद्धिका लागि गरिएका कार्यक्रम फलदायी हुनेमा आशावादी रहेको उनले बताए ।

मुग्लिन नारायणगढ सडकखण्ड, बाढी र भुकम्पका कारण परेको असरबाट पर्यटन व्यवसायमाथि उठ्ने प्रधानमन्त्रीले विश्वास ब्यक्त गरेका छन् ।