प्रवास

पर्बत समाज स्पेनको अध्यक्षमा ओमरबहादुर गुरुङ निर्वाचित

स्पेन । पर्बत समाज स्पेनको अध्यक्षमा ओमरबहादुर गुरुङ निर्वाचित भएका छन् । आइतबार बार्सिलोनामा सम्पन्न समाजको अधिबेशनबाट गुरुङ सर्बसम्मत चयन भएका हुन् ।

पर्बत जिल्ला घर भई स्पेनमा बसोबास गर्ने पर्बेतेलीहरुको एक भेलाले दुई वर्ष अघि गुरुङको अध्यक्षतामा समाजको तदर्थ समिति गठन गरेको थियो ।

नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा सन्तोष पौडेल,बिनु गुरुङ,महासचिवमा अनन्त लामिछाने,सचिव उमेश पुरी र कोषाध्यक्षमा अञ्जु तिमिल्सिना अधिकारी चयन भएका छन् ।

यस्तै कार्यसमतिका सदस्यहरुमा राजेश रेग्मी,मुक्तिप्रसाद श्रेष्ठ,अस्मिता सिग्देल तिमिल्सिना,सावित्रा भुसाल,शिवप्रसाद पौडेल,अशोक गुरुङ र मनविर पुन चयन भएका छन् ।

समाजले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान समेत सम्पन्न गरेको छ ।