पु.समाचार

पशुपति मन्दिर परिसरमा सवारी साधन निषेध, स्थानीयलाई यस्तो छ व्यवस्था

काठमाण्डौ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन निषेध गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन प्रवेशमा रोक लगाएको हो ।

धार्मिकस्थललाई सोही वातावरणमा रहन दिन मन्दिर परिसरमा सवारी साधन निषेध गर्नु परेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । पशुपतिनाथ मन्दिर विश्वकै हिन्दु धर्मावलम्बीहरूको तीर्थस्थल हो । यसलाई धार्मिक वातावरण कायमै राख्न पनि सवारी साधन प्रदेशमा रोक लगाइएको कोषको भनाइ छ । एम्बुलेन्स, शवबाहनलाई भने मन्दिर परिसरमा जान रोक लगाइएको छैन ।

मन्दिरमा जाने तीर्थयात्रीहरूको सवारी साधनलाई मन्दिर परिसर बाहिरै पार्किङको व्यवस्था गरिएको छ । स्थानीयवासीहरूको हकमा भने वडा कार्यालयसँग समन्वय गरेर सवारी साधन पासको व्यवस्था मिलाइएको पनि कोषका सदस्य सचिव ढकालले जानकारी दिए ।