अन्तर्राष्ट्रिय

गुजरातका मुख्यमन्त्रीद्वारा सपथ ग्रहण

एजेन्सी । भारतीय जनता पार्टीका नेता विजय रुपानीले गुजरात राज्यको मुख्यमन्त्री पदको सपथ लिएका छन् । उनी निर्वाचनअघि पनि त्यहाँको मुख्यमन्त्री थिए ।

हालैको चुनावमा ९९ सिट प्राप्त गर्दै भाजपाले विजय हासिल गरेपछि रुपानी र उपमुख्यमन्त्री नितिन पटेललाई नै ती पदमा निरन्तरता दिने सो पार्टीले निर्णय गरेको थियो ।

गुजरातको राजधानी गान्धीनगरमा आयोजित एक समारोहमा गभर्नर ओपी कोहलीले रुपानीलाई सपथ खुवाए । सो समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।

प्रधानमन्त्री बन्नुअघि मोदी चार कार्यकाल गुजरातको मुख्यमन्त्री बनेका थिए । मोदी प्रधानमन्त्री भएयता पहिलोपटक भएको गुजरात निर्वाचनमा प्रतिपक्षी दल कांग्रेसले ७७ सिट जित्दै भाजपालाई चुनौती दिएको छ ।