एजेन्सी । साउदी अरबका राजकुमारले दुनियाँकै महगों महल किनेका छन् । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले उक्त महल खरीद गरेका हुन् ।
फ्रान्सको लुभिजियन्समा भरसाइल इलाकामा रहेको यो महलको अनुमानित मूल्य ३० करोड डलर अर्थात् ३० अर्ब रुपैयाँ पर्दछ ।
यो महलको एक खास विशेषता भनेको यो प्राविधिक रुपमा अति नै विकशित छ । त्यहाँ सुन्दर पोखरी तथा पानीका फोहोरा छन् । महलभित्र रहेका बत्ती, महलभित्रको आवाज तथा हावालाई दुनियाँको कुनै पनि कुनामा बसेर एक आइफोनबाट नियन्त्रण गर्न सकिन्छ ।
यी राजकुमारले यसअघि लियोनार्दो दा भिन्चीको सल्भातोर मुन्डी नामक पेन्टिङ ४५ करोड डलरमा खरीद गरेका थिए । उनीसँग यो महलभन्दा पनि महँगो पर्ने ४४० फुटको एक जहाज छ जसमा दुई पूल, एक हेलिप्याड समेत छ ।