खेलकुद

चितवन टाइगर्समाथि भैरहवाको सानदार जित, विराटनगर शीर्ष स्थानमा

काठमाण्डौ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्समाथि ६ विकेटको जित निकालेको छ ।

यससँगै भैरहवाले क्वालिफायरमा स्थान बनाएको छ भने पोखरा राइनोज अन्तिम खेलअघि नै इलिमिनेटर राउण्डमा पुगेको छ । समूह चरणको सबै खेल जितेको विराटनगर वारियर्स समूहको शीर्ष स्थानमा छ ।

अब अघिल्लो चरणमा पुग्ने अन्तिम टोलीको टुंगो पोखरा र ललितपुरबीच हुने समूह चरणको अन्तिम खेलबाट लाग्नेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनायो, जसलाई भैरहवाले ९ बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो ।