राजनीति

निर्बाचनमा हार ब्यहोरेको स्तब्ध काँग्रेसको यस्तो छ एमालेलाई एक्ल्याउने रणनीति

काठमाण्डौ । भर्खरै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनको मतपरिणाममा लज्जास्पद हार ब्योहोरेको नेपाली काँग्रेस पछिल्लो समयमा स्तब्ध देखिएको छ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सोमबारको क्रिस्च्यिनहरुको राष्ट्रियस्तरको कार्यक्रममा गएनन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल तनहु क्षेत्र नम्बर १ बाट निर्बाचनमा पराजित भएपछि उनको पनि राजनीतिक मनोबल गिरेको देखिन्छ, निर्बाचनमा विजय हाँशिल गरेका भए उनले तत्काल नै पार्टी सभापतिबाट शेरबहादुर देउवाको राजनीनामा माग्ने थिए एक काँग्रेस केन्द्रीय सदस्यले सुर्यखबरलाई बताए, उनले नाम नभन्ने शर्तमा, उनले भने, “प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाको राजीनामा माग्ने भए उनि रामचन्द्र दाईले निर्बाचन हारेपछि वहाँको पनि मनोबल गिरेको छ, पार्टी हारेकोमा सबै नेताहरुलाई चिन्ता भएपनि रामचन्द्र दाई प्रधानमन्त्रीको लागि आकाँक्षी हुने हुँदा वहाँलाई पार्टीगत भन्दा पनि ब्यक्तीगत घाटा बढी भयो, रामचनद्र दाईले शेरबहादुर दाईको खुलेर बिरोध गर्नेभएपनि निर्बाचन हारेकै कारण पछिल्लो समयमा राष्ट्रपतिको अध्यादेश वा अन्य कुरामा पार्टी सभापतिको घुमाउरो पारामा बचाउ गर्नुभएको छ ।”

“मैले निर्वाचन जित्छ भनेरै टिकट त लिए तर निर्वाचनको बीचमा जुन खालका स्वस्थ–अस्वस्थ प्रतिस्पर्धाहरु भए, जस्तै, कहिले घर किन्ने, कहिले उम्मेद्वार किन्ने, कहिले मतदाता किनेका खबरहरु आइरहे । त्यसकारण निर्वाचन हारिन्छ कि भन्ने त्रासचाहि मलाई थियो ।

http://www.suryakhabar.com/2017/12/30861/”

अब रह्यो अर्को कुरा माहामन्त्री डा. शसाँक कोईरालाले नवलपरासीबाट निर्बाचनमा विजय हाँशिल गरेका छन्, अर्को पुर्ब महामन्त्री प्रकाशमान सिंहले काठमाण्डौ १ बाट निर्बाचन जितेका छन् । पूर्ब महामन्त्री कृष्ण प्रसाद सिटौला, नेता रामशरण महत, अर्जुननरसिंह केसी, बिमलेन्द्र निधी, डा. शेखर कोईराला, महेश आचार्य, गोपालमान श्रेष्ठ, नबिन्दराज जोशी, डा. आरजु देउवा लगायत काँग्रेसका पुराना र तिखारिएका नेताहरुले निर्बाचनमा लज्जास्पद पराजय भोग्नु परेको छ ।
पराजय भोगेका नेताहरु यदाकदा कार्यक्रममा झुल्किरहेका छन् भने विजय हाँशिल गरेकधा माहामन्त्री डा. शसाँक कोईराला र केन्द्रीय सदस्य प्रकाशमान सिंह आन्तरिक रुपमा आफूहरुलाई जनताले पत्याएको भन्दै सभापति देउवापछिका काँग्रेसका उत्तराधिकारी देखाउने प्रयासमा तीब्र आन्तिरिक लविङमा ब्यस्त छन् ।

काँग्रेस नेतृत्व आत्तिएको छ, पार्टी सभापति देखि सिनियर नेताहरु अब मुलुक कम्न्युष्टको हातमा जाने त होईन भन्ने प्रश्नको उत्तर खोज्दै जसरीपनि बन्दै लागेको
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई रोक्ने प्रयासमा तल्लिन देखिन्छन्, काँग्रेसमा यतिका पराजय भएको तीन हप्ता हुंदा सम्म केन्द्रीय समिति बैठक बसेर संस्थागत आत्माओलचना समेत भएको छैन, नेताहरु पार्टी कमजोर भएको अवस्थालाई समात्दै कसरी नेतृत्व वा पद कब्जा गर्न सकिन्छ भन्ने रणनीतिमा देखिन्छन्, नेता प्रकासमान सिंह र युवा नेता गगन थापाले काँग्रेस सभापति शेरबहादुर देउवाको राजनीनामा मागिसकेका छन् भने डा. शशांक कोईरालाले सभापतिको बचाउ गरेका छन्, अन्य खारिएका नेताहरु यस बिषयमा स्पष्टसंग बोलेका छैनन्, उनीह सार्बजनिक कार्यक्रमहरुमा कम मात्र गएको देखिन्छ ।

उनले भने, “प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाको राजीनामा माग्ने भए उनि रामचन्द्र दाईले निर्बाचन हारेपछि वहाँको पनि मनोबल गिरेको छ, पार्टी हारेकोमा सबै नेताहरुलाई चिन्ता भएपनि रामचन्द्र दाई प्रधानमन्त्रीको लागि आकाँक्षी हुने हुँदा वहाँलाई पार्टीगत भन्दा पनि ब्यक्तीगत घाटा बढी भयो, रामचनद्र दाईले शेरबहादुर दाईको खुलेर बिरोध गर्नेभएपनि निर्बाचन हारेकै कारण पछिल्लो समयमा राष्ट्रपतिको अध्यादेश वा अन्य कुरामा पार्टी सभापतिको घुमाउरो पारामा बचाउ गर्नुभएको छ ।”

पौडेल पक्षिय नेबिसंघले पार्टीले यो अवस्थाबाट हार ब्यहोर्नुपरेकोमा नेतृत्वको राजनीनामा समेत मागेको थियो । यस कठीन घडीमा नेतृत्वको राजनीनामा माग्ने वा आफू स्थापीत हुने सोच्नु भन्दा पार्टीलाई सबै तह र तप्काका नेता, कार्यकर्ताहरु मिलेर मिलेर बलियो बनाउने आवाज उठिरहेको छ, धनराज गुरुङ लगायतका केहि युवा नेताहरुले पार्टी सरकारमा जानु हंदैन भनिरहेपनि नेतृत्व माओबादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने लविङमा तीब्र रुपमा लागेको उच्च स्रोतको दाबी छ, त्यो पनि नभए काँग्रेसले उपेन्द्र यादब वा महन्थ ठाकुरलाई प्रधानम्नत्ती बनाउदा पनि मान्ने योजना बुनेको छ, स्रोत बताउछ, काँग्रेसले बाम गठबन्धन फुटाएर एमालेलाइए एक्ल्याउन कुनै कशर बाँकी नराख्ने दाबी गरिएको छ ।
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध पछिल्लो समयमा एमाले अध्यक्ष ओलीसंग चिसिएको समाचारहरु सार्बजनिए भएका छन्, मधेशबादी दलहरुको एजेण्डा कााग्रेससंग मात्र मिल्ने देखिनाले पनि काँग्रेसले एमालेलाई एक्लयाउने रणनीतिमा सफलता हाँशिल गर्ने अनुमान समेत लगाउन सकिन्छ ।

बिशेषगरी माहामनत्री डा. शसांक कोईराला र केन्द्रीय सदस्य प्रकाशमानन सिंहले देउवाले सत्ता हस्तान्तरण गरेमा आफू नेतृत्वमा पुग्न सहज वातावरण खोजिरहेका देखिन्छन् । अहिलेको समय भनेको पार्टीलाई बलियो बनाउने हो, ब्यक्तीलाई होईन, भन्ने कार्यकताहरुको ठम्याई भएपनि यस बिषयमा डा. कोईराला नबोलेपनि नेता सिंहले भने मुख खोलिसकेका छन् ।

काँग्रेसले आफ्नो कुटनीतिक बल र आन्तरिक राजनीतिक शक्तीलाई प्रयोग गरेमा अन्तराष्ट्रिय समुदायले मन नपराउने कम्न्युष्ट सरकार नबन्न पनि सक्ने बिश्लेशषकहरुको दाबी छ ।