मनोरञ्जन

नारायणगोपाल स्मृति साँझ पुस २२ मा

भक्तपुर । यहाँ पहिलो पटक यही पुस २२ गते ‘स्वरसम्राट् नारायणगोपाल स्मृति साँझ’ हुने भएको छ ।

भक्तपुर सांगीतिक समाजको आयोजनामा सूर्यविनायकमा हुने कार्यक्रममा गायक कर्णदासलगायत राष्टिय«स्तरका कलाकारदेखि स्थानीय नयाँ गायकले नारायणगोपाल गुरुवाचार्यका गीत गाउने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समाजका उपाध्यक्ष कपिल कसपालले जानकारी दिए ।

भक्तपुरमा रहेका रचनाकार, गायक तथा संगीतकारलाई गोलबद्ध गर्दै जाने उद्देश्यका साथ एक महिना अगाडि स्थापित समाजको उक्त कार्यक्रममा गुरुवाचार्यका मन छुने गीतलाई करिब १२ कलाकारले गाउने जनाइएको छ ।