खेलकुद

दोस्रो अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी सुरु

काठमाण्डौ । पुस २१ गतेदेखि माघ १ गतेसम्म धनगढीमा हुने दोस्रो अन्तराष्ट्रिय आमन्त्रण नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी सुरु भएको छ । चौधरी गुप्रको नेपाल आईस्ले मुख्य प्रायोजन गरेपछि आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव प्रतियोगिताको तयारीमा जुटेको हो ।

सुदुरपश्चिम ११ स्पोर्टस क्लवले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको वारेमा जानकारी समेत गराएको छ । देशकै सर्वाधिक धनराशीको गोल्डकपलाई भव्य रुपमा आयोजना गर्न विभिन्न उप समितिहरु तिव्र रुपमा काम गरिरहेका छन् ।

कैलालीको धनगढीमा यसै महिना तेस्रो सातादेखि सुरु हुने अन्तराष्ट्रिय आमन्त्रण नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता तयारी सुरु भएको हो । मुख्य प्रायोजकसँग सम्झौता सम्पन्न भएपछि अन्य प्रायोजकहरुको खोजीसँगै आवश्य तयारीका लागि विभिन्न समिती र उप समितीहरु जिम्मेवारमा परेको काम गरिरहेको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले बताए ।

आयोजक क्लबका अध्यक्ष हमालले खेलकुदको विकासमा सहकार्य गरी सुदूरपश्चिमलाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं भन्ने मुल नाराका प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगिताको माध्यमले सुदुरपश्चिमको समग्र विकास विकास र खेल पर्यटनको विकास गर्नका अघिल्लो वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गराउनका लागि लागिरहेको प्रतियोगिताका संयोजक धुव्र भट्टराईले जानकारी दिए । धनगढी रंगशालामा पहिलो पटक प्रदेश नम्वर ७ मा कृत्रिम प्याराफिट वनाएर दर्शकहरुलाई खेल हेर्ने व्यवस्था मिलाउन पनि आयोजक टोली सक्रिय भएको उनले वताए ।

आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव र सिजी गु्रपको नेपाल आइसबीच मुख्य प्रायोजनमा केही दिन अघि मात्रै सम्झौता भएको थियो । अब प्रतियोगिताको नाम दोस्रो अन्तराष्ट्रिय आमन्त्रण नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप २०७४ रहनेछ । प्रतियोगितालाई नेपाल टेलीकमले सह प्रयोजन गरेको छ । अन्य प्रायोजकहरुको पनि खोजी भईरहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

झण्डै एक करोड १० लाख खर्च हुने गोल्डकपमा देशका विभिन्न र विदेशका समेत गरी १२ वटा टीमहरुको सहभागीता रहनेछ । ए डिभिजनका क्लवहरु, तीन वटै विभागीय टीम र भुटानको एउटा विदेशी क्लव सहित आयोजकको टीमले प्रतियोगितामा भाग लिनेछन् ।
नकआउटका आधारमा हुने प्रतियोगितामा रुस्लान थ्री स्टार क्लव, साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लव, त्रिभुवन आर्मी क्लव, नेपाल एपिएफ क्लब, सिएमजी क्लव संकटा, च्यासल युथ क्लब, रमपम झापा ११, सहारा क्लव, अग्नि रुपन्देही ११, धरान फुटवल क्लव र आयोजक सुदूरपश्चिम ११ का टीम सहभागी हुनेछन् ।

त्यस्तै भुटानको डुक स्टारले पनि प्रतियोगितामा भाग लिनेछ । थ्री स्टारले एक वर्षपछि घरेलु फुटबलमा यही प्रतियोगिता मार्फत फर्कन लागेको सुदुरपश्चिम ११ स्पोर्टस क्लवका महासचिव प्रकाश शाहीले बताए ।

प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । गत वर्ष विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो । यसपालीको रकम देशकै सर्वाधिक धनराशीको गोल्डकप प्रतियोगिता वनेको क्लवका उपाध्यक्ष योगैनद्र चन्दले वताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् ।

त्यस्तै उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता र फेयर प्ले टोलीले १५÷१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै हरेक खेलेको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवका मिडिया संयोजक ओम चन्दले जानकारी दिए ।