पु.समाचार

समावेशी समूहका व्यक्ति खुलामा बढी सिफारिस

काठमाण्डौ । निजामती सेवामा समावेशी क्षेत्रका व्यक्तिले आरक्षित कोटाबाट भन्दा खुला र अन्य समूहबाट बढी सफलता प्राप्त गरेको पाइएको छ ।

लोकसेवा आयोगबाट लिइने परीक्षामा उनीहरुले आफ्नो आरक्षित कोटाभन्दा खुला र अन्य समूहबाट बढी सफलता प्राप्त गरेको पाइएको हो ।

आर्थिक वर्षमा २०७३-७४ मा पिछडिएका, मधेशी, आदिवासी जनजाति र महिलाले आफ्नो आरक्षित कोटाभन्दा खुला र अन्य समूहबाट नाम निकाल्न सफल भएको आयोगका उपसचिव देवीप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार आयोगले लिएको परीक्षामा पिछडिएका क्षेत्रका ७०३ जनाले विभिन्न पदमा सफलता प्राप्त गरेकामा आरक्षित कोटा १४२ तथा खुला र अन्य समूहबाट ६५१ जनाले सफलता प्राप्त गरेका छन् ।

यसैगरी एक हजार ८४० मधेशीले आयोगबाट विभिन्न पदमा सिफारिस भएकामा आफ्नो आरक्षितबाट ९०१ तथा खुला र अन्यबाट ९३९ जना, आदिवासी जनजाति दुई हजार २८८ जना सिफारिस भएकामा आफ्नो समावेशी समूहबाट एक हजार २६ र अन्य समूहबाट एक हजार २६२ तथा चार हजार १५१ महिलाले आयोगबाट विभिन्न पदमा सिफारिस भएकामा एक हजार ३८३ जना समावेशी समूह र दुई हजार ७६८ सिफारिस भएको छन् ।

यसैगरी अपाङ्गतर्फका २९७ सिफारिस भएको १८९ आरक्षित कोटामा र १०८ खुला कोटामा तथा दलित ५५५ कोटा सिफारिस भएकामा ३८५ जनामा आरक्षण कोटामा र १९७ आरक्षण कोटामा सिफारिस भएका छन् ।