पु.समाचार

दोरम्वामा पूर्व वडाध्यक्षको हत्या

दोलखा । दोरम्वा गाउँपालिका वडा नं २ का पूर्ववडाअध्यक्ष बाबुराम तामाङको गए राती हत्या भएको छ । उनको गए राती दोरम्बा गाउँपालिका–१ को थापागाउँमा हत्या गरी ढुङाले थिचेर राखिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक बाबुराम २०५४ सालमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।