मनोरञ्जन

‘नेपाल फेशन आइडल २०१७ को’ उपाधी रुस्मिता र सुशान्तका पोल्टामा

काठमाण्डौ । रशलाईट मिडियाको आयोजनमाा भएको ‘नेपाल फेशन आइडल २०१७’ को उपाधी रुस्मिता शाही र सुशान्त श्रेष्ठले जितेका छन् । उनीहरुले नेपाल फेशन आइडलको मुख्य उपाधीसहित जनही एक–एक लाख नगद पुरस्कार जितेका छन् । शाहीले उपाधीको साथमा बेष्ट फिगर, बेष्ट वाकको उपाधी पनि आफ्नो पोल्टमा पार्न सफल भएकी छन । शुसान्तले बेस्ट फिजिक्सको उपाधी जितेका छन् ।

राजधानीको तिनकुनमा रहेको रोयल इभेन्टमा शनिबार सम्पन्न उक्त प्रतियोगितामा महिला तर्फ टिछिरिङ शेर्पाले फस्ट रनर्सअपका साथमा बेस्ट प्रर्फमेन्स र पुरुष तर्फ अंकित मानन्धरले फस्ट रनर्सअपका साथमा मोष्ट कन्फिडेन्टको उपाधी जितेका छन् । महिला तर्फ सुप्रिना शाक्यल सेकेण्ड रनर्सअपका साथमा म्यानेजमेन्ट च्वाइसको उपाधी जितेकी छन् । त्यसैगरी पुरुष तर्फ समिप्य श्रेष्ठले सेकेण्ड रनरअफका साथमा बेस्ट स्टाइलिसको उपाधी जितेका छन् ।

प्रतियोगितामा मष्ट ट्यालेन्टको उपाधी रोसेनेन शर्मा, इनि मर्हजन, बेष्ट पर्सनालीटी पारस दाहाल र सन्ध्या दिवाली, बेष्ट वाक पारस दाहाल, म्यानेजमेन्ट च्वाइस निरनराज गिरी र फुर्लमु शेर्पा, फोटोजेनिक सुनिल मर्हजन र इस्वाङ लामा र बेष्ट प्रर्फमेन्सको उपाधी पवन मर्हजनले जितेका छन् ।

कोरियोग्राफर, मोडल तथा गायिका रमिता भण्डारी र प्रज्वल शाक्यको कोरियोग्राफी रहेको थियो भने इभेन्ट म्यानेजर सनिल महर्जन रहेका थिए । सञ्चारकर्मी तथा कोरियाग्राफर जयन सुब्बा मानन्धर, संगितकार सुरत प्रधान, फेशन डिजाइनर पुनम क्षेत्री, सञ्चारकर्मी निकिता आचार्य र इभेन्ट आयोजक विशाल गुरुङ निर्णायक रहेका थिए । कार्यक्रमको सञ्चालन स्वयत्ना योञ्जनले गरेकी थिइन ।