आर्थिक

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

काठमाण्डौ । खेलकुद क्षेत्रको विकाशमा प्रायोजकको रूपमा उत्कृष्ट योगदान गरेका हुनाले राष्ट्रिय खेलकूद परिषदलेसिटिजन्स बैंकलाई सम्मान गरेको छ । आज आयोजित एक कार्यक्रमबीच ‘योर पाटर्नर फर प्रोग्रेस्’ भन्ने नारासहित जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनललाई सम्मान गरिएको हो । राष्ट्रपति बिद्या देवी भण्डारीबो हातबाट उक्त सम्मान पत्र बैंकका कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेललाईले लिएका छन् ।

नेपालको खेल जगतको विकास र प्रवर्धनका निम्ति बैंक सधै कटिबद्ध भएर लागि परेको छ । बैंकले खेल जगतको उत्थानका निम्तिहरेक वर्ष सिटिजन्स अन्तरबैंक फुटसल प्रतियोगिता, सिटिजन्स खुल्ला गल्फ प्रतियोगिता, सिटिजन्स खुल्ला टेनिस प्रतियोगिता गर्दै आएको छ । नेपाली खेलाडीहरुको मनोवल बढाउने उदेश्यले बैंकले राष्ट्रियव्याडमिन्टन खेलाडी नंङशल तामांगलाईखेल्नका निम्ति अनुकूल वातावरण प्रदानगरी बैंकमा कर्मचारीकोरूपमापनि नियुक्त गरेको छ ।

हाल सालै सम्पन्न प्रथम प्रधानमन्त्री क्रिकेट कपमा पनि बैंकले तिन लाखको आर्थिक सहयोग उपलब्ध गराएको थियो । हाल आयोजना भइरहेको एभरेष्ट प्रिमियल लिगमा चितवन टाइगर्स टोलीलाई दश लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । यस किसिमको गरिमामय सम्मान प्राप्त गर्ने पहिलो बैंकको रुपमा सटिजन्स बैंकरहेको छ ।

भविष्यमा पनि बैंकले खेलको विकासका निम्ति निरन्तर सहयोग गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता पोखरेलले जानकारी दिए ।