विशेष

राजनीतिक रजतपटमा तहल्का: यसरी बन्दैछन् ओली ०४८ साल यताका शक्तिशाली नेता र प्रधानमन्त्री

काठमाण्डौ । मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनपश्चात नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शक्तीशाली नेताका रुपमा स्थापीत हुंदै गएका छन् । पूर्बप्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेबाट विजयी हुने ८० जना मध्ये ५२ जना सांसद आफ्नो पक्षमा बिजय गराएर थप शक्तिशाली भएका हुन् । ८० सीटमा प्रत्यक्षमा विजय हासिल गरेर राजनीतिक रजतपतमा ठूलो पार्टी समेत बन्न सफल भएको एमालेमा नेपाल पक्षका जम्मा २६ सांसद मात्र छन् ।

त्यसो त नाकाबन्दीका समयमा भारतको बिरोध गरेका कारण ओली पक्षमा जनता उभिएका मात्र होईन, एमालेका शक्तिशाली नेताहरुसमेत उनका कारण पार्टी पहिलो हुन पुगेको गुणका आधारमा ओलीलाई समर्थन गरिरहेका छन् ।

एमाले महासचिब ईश्वर पोख्रेलले त प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एकै हुनुपर्छ भनेर ओलीलाई समर्थन गरिसकेका छन् ।
बाम तालमेल गराएर माओबादी केन्द्रसंग पार्टी एकता नै गर्ने भनेर अगाडी बढिरहेका अध्यक्ष ओली कत्तिको सफल हुन्छन् वा हुंदैनन त्यो त हेर्न बाँकी नै छ, तर एले र माओबादी केन्द्र मिलेको अवस्थामा समेत अध्यक्ष ओली प्रधानमन्त्री, संसदीय दलको नेता र पार्टी अध्यक्ष तिनवटै स्थानमा पुगे भने उनले एकपटक नेपाली राजनीतिक रजतपटमा तहल्का मच्चाउने कुरामा भने बिश्वास गर्न सकिन्छ ।

जुन ०७० सालमा पहिलो पार्टी बनेको काँग्रेसको लज्जास्पद पराजय भएपनि उसले दबाबदार प्रतिपक्षको भूमिका खेल्ने देखिदैन, काँग्रेसभित्र केन्द्रीय समिति बैठक राखेर लज्जास्पद हार भएको समिक्षा समेत हुन सकेको छैन, अझैपनि कसैले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा माग्ने त कसैले पार्टी सभापतिको बचाउ गर्ने काम गरिरहेका छन्, काँग्रेस प्रमूख प्रतिपक्ष भएपनि प्रभाबकारी प्रतिपक्ष हुने सम्भाबना ज्यादै न्यून देखिदैछ । जसरी नेकपा एमाले वा माओबादी केन्द्रले काँग्रेसको सरकारलाई प्रतिपक्ष हुंदा ठूलो दबाब दिन्थे त्यो प्रकारको दबाब काँग्रेसले दिन सक्दैन, नेतृत्व हस्तान्तरण नहुने आँकलनबाट नै अनुमान लगाउन सकिन्छ, जसले नेतृत्व गरेपनि ददोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुने हो भने चैं काँग्रेसमा अर्को निर्बाचनका लागि केहि परिवर्तन होला नत्र काँग्रेसका लागि त्यति सहज राजनीतिक परिस्थिति दैखिदैछ ।

यस अवस्थामा माओबादी केन्द्र र केपी शर्मा ओलीले पार्टी मिलाएको खण्डमा एमाले अध्यक्ष ओली शक्तलीशाली नेता र प्रधानमन्त्री हुने संकेत स्पष्ट रुपमा देखिएको छ । अर्को पाटो पनि के देखिदैछ भने माओबादी केन्द्र अहिले सम्म देउवा सरकारमा छ, बिना बिभागीय भएपनि केहि मन्त्री उसका देउवा सरकारमा बसिरहेका छन् र अध्यक्ष पुष्पकमल दाहाल काँग्रेससंग नरम खाल्का प्रतिकृयाहरु दिईरहेका छन् । यो अवस्थामा अध्यक्ष दाहाललाई काँग्रेसले प्रधानमन्त्री बन्न गरेको अफर अनुसार काँग्रेससंग मिलेर एमाले ईतरका दलहरुको सरकार बनेमा भने अध्यक्ष ओली दमदार प्रतिपक्ष हुनुको बिकल्प छैन । ०६४ सालपछि तत्कालीन माओबादी ठूलो पार्टी हुंदा माओबादी सरकार बाहिर रहनुपरेको र ०७० सालपछि काँग्रेस ठूलो पार्टी हुंदा दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको ज्वलन्त उदाहरण समेत ताजै छन् ।

नेपाली राजनीति स्वार्थ केन्द्रीत हुने भएका कारण पनि माओबादी दाहालसंग मिलेर ओलीले तीनवटै पद हात लगाएमा नेता दाहाल, नेपाल र झलनाथ खनालको समेत राजनीतिक हालिमुहाली घट्नेछ, अध्यक्ष दाहालका मान्छे समेत ओलीतिर लाग्नेछन्, नेपाल र खनाल त्यतिकै पनि कमजोर छन्, उनी (ओली) उक्त स्थानमा पुगेमा झन झन कमजोर हुने देखिन्छ । कही कतै माओबादी र एमाले एकीकरण नहुने अनि सरकार काँग्रेस, माओबादी केन्द्र, राजपा, संघीय समाजबादीको गठबन्धनमा बन्ने हो भने चैं एमाले नेता नेपाल वा माहासचिब ईश्वर पोख्रेलको दिन खुलेको देखिन्छ, बामदेब गौतमले पाख्रेललाई चुनौती दिने थिए तर बर्दियामा निर्बाचन हारेपछि उनी केहि बर्षका लागि थन्किए जस्तो देखिएका छन् ।

अब बन्ने सरकारको प्रधानमन्त्री कम्तिमा अडाई बर्षको हुे हुंदा पनि त्यो शक्तीशाली हुन्छ, काम देखाउने समय उसले पाउछ, ओली बाहिर खरो स्वभाबका र भित्र जनता र कार्यकर्ताको काम तुरुन्त गर्ने स्वभाब भएका हुँदा उनले सरकारमा बस्दा लोकप्रियता कमाउने कुरामा शंका छैन । उनले प्रधानमन्त्री बन्दा समेत जनताको समर्थन पाएका थिए । जबकी प्रधानमन्त्री भईरहेको समयमा समेत मरिचमान सिंह बाहेक कसैले पनि समर्थन पाएको नेपालको राजनीतिक इतिहास छैन ।

ओलीले संसदीय दलको निर्बाचन भएपनि अध्याधीक मतले जित्नेछन् भने माओबादी केन्द्र मिलेमा उसका सबै साँसदले ओलीलाई नै मतदान गर्ने पक्का छ । दुई पार्टी मिलेमा ०४८ सालपछिका राजनीतिक ब्यक्तीहरु मध्ये अध्यक्ष ओली शक्तीशाली हुनेमा कुनै शंका छैन, तर उनले कुनीतिक सम्बन्ध कस्तो राख्छन्, अन्तरिक कलहलाई कसरी ब्यवस्थापन गर्छन् त्यो पनि उनको भबिश्य निर्धारण गर्ने महत्वपूर्ण पाटो भने हो ।

ओलीले संसदीय दलको निर्बाचन भएपनि अध्यधीक मतले जित्नेछन् भने माओबादी केन्द्र मिलेमा उसका सबै साँसदले ओलीलाई नै मतदान गर्ने पक्का छ । दुई पार्टी मिलेमा ०४८ सालपछिका राजनीतिक ब्यक्तीहरु मध्ये ओली शक्तिशाली हुनेमा कुनै शंका छैन, तर उनले कुटनीतिक सम्बन्ध कस्तो राख्छन् त्सयले भने उनको र पार्टीको भबिश्वको निर्धारण गर्छ ।

एमालेबाट यस्तो छ ओली र नेपालको गणीतिय हिसाबकिताब

अहिले एमाले अध्यक्ष केपी ओली पक्षका प्रतिनिधि सभाका साँसदहरु

प्रदेश १
१. बसन्त नेम्वाङ, पाँचथर-१
२. सुवास नेम्वाङ, इलाम-२
३. पवित्रा खरेल, झापा-२
४. एलपी साँवा लिम्बु, झापा -३
५. केपी शर्मा ओली, झापा -५
६.राजेन्द्र गौतम, संखुवासभा -१
७. भवानी खापुङ, तेह्रथुम -१
८. राजेन्द्र राई, धनकुटा -१
९. घनश्याम खतिवडा, मोरङ -१
१०.भानुभक्त ढकाल, मोरङ -३
११. विशाल भट्टराई, खोटाङ १

प्रदेश २
१२. लीलानाथ श्रेष्ठ, सिरहा -३
१३. रघुवीर महासेठ, धनुषा-४

प्रदेश ३
१४.पार्वत गुरुङ, दोलखा -१
१५. गोकुल बास्कोटा, काभ्रे -२
१६. भूमि त्रिपाठी, धादिङ -१
१७. खेम लोहनी, धादिङ २
१८. कृष्णप्रसाद दाहाल, मकवानपुर -१
१९. कृष्ण राई, काठमाडौं -३
२०. ईश्वर पोखरेल, काठमाडौं -५
२१. रामवीर मानन्धर, काठमाडौं -७
२२. कृष्णगोपाल श्रेष्ठ, काठमाडौं- ९
२३. नवराज सिलवाल, ललितपुर -१
२४. महेश बस्नेत, भक्तपुर -२

प्रदेश ४
२५. कृष्णकुमार श्रेष्ठ, तनहुँ -१
२६. केदार सिग्देल, तनहुँ -२
२७. खगराज अधिकारी, कास्की- १
२८. रविन्द्र अधिकारी, कास्की -२
२९. जगत विश्वकर्मा, कास्की -३
३०. नारायण मरासिनी, स्याङ्जा -१
३१. पद्माकुमारी अर्याल, स्याङ्जा -२
३२. पदम गिरी, पर्वत
३३. डा.सूर्य पाठक, बागलुङ -१
३४. भूपेन्द्रबहादुर थापा, म्याग्दी
३५. पोल्देन छोपाङ गुरुङ, मनाङ
३६. प्रेम तुलाचन, मुस्ताङ
३७. तिलक महत, नवलपुर -२

प्रदेश ५
३८. छविलाल विश्वकर्मा, रुपन्देही- १
३९. बिष्णु पौडेल, रुपन्देही -२
४०. दलबहादुर राना, पाल्पा -१
४१. प्रदीप ज्ञवाली, गुल्मी -१
४२. नन्दलाल रोकाय, बाँके -३

प्रदेश ६
४३. रविन्द्रराज शर्मा, दैलेख -१
४४. नवराज रावत, सुर्खेत- २
४५. धनवहादुर बुढा, डोल्पा

प्रदेश ७
४६. झपट रावल, कैलाली -२
४७. नारदमुनी राना, कैलाली -५
४८. नरवहादुर धामी, कञ्चनपुर- २
४९. दामोदर भण्डारी, बैतडी
५०. गणेशसिंह ठगुन्ना, दार्चुला
५१. भैरवबहादुर सिंह, बझाङ
५२. लालबहादुर थापा, बाजुरा

माधव नेपाल पक्षबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका (२६)

प्रदेश १
१. योगेश भट्टराई, ताप्लेजुङ -१
२. झलनाथ खनाल, इलाम -१
३. लालबाबु पण्डित, मोरङ -६
४. जयकुमार राई, सुनसरी- १
५. यज्ञराज सुनुवार, ओखलढुंगा

प्रदेश ३
६. गणेश पहाडी, सिन्धुली -१
७. शेरबहादुर तामाङ, सिन्धुपाल्चोक -२
८. नारायण खतिवडा, नुवाकोट -१
९. बिरोध खतिवडा, मकवानपुर -२
१० माधवकुमार नेपाल, काठमाडौं -२
११. जीवनराम श्रेष्ठ, काठमाडौं -९
१२. कृष्णलाल महर्जन, ललितपुर -२
१३. सुरेन्द्र पाण्डे, चितवन -१
१४. कृष्णभक्त पोखरेल, चितवन- २

प्रदेश ५
१५. घनश्याम भुसाल, रुपन्देही -३
१६. सोमप्रसाद पाण्डे, पाल्पा -२
१७. गोकर्ण विष्ट, गुल्मी -२
१८( मेटमणि चौधरी, दाङ -१
१९. हिराचन्द्र केसी, दाङ -३

प्रदेश ६
२०. धु्रवकुमार शाही, सुर्खेत -१
२१. गोपाल बम, मुगु
२२. राजवहादुर बुढा, दैलेख -२

प्रदेश ७
२३. दीपक प्रकाश भट्ट, कञ्चनपुर- ३
२४. प्रेम आले, डोटी
२५. भीमवहादुर रावल, अछाम -१
२६. यज्ञवहादुर बोगटी, अछाम -२

स्वतन्त्र साँसद
१. हृदयेश त्रिपाठी, नवलपरासी -१
२. बृजेशकुमार गुप्ता, कपिलबस्तु -२