आर्थिक

ग्लोबल आइएमई बैंकको ५७ औ शाखारहित बैकिङ्ग सेवा

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले शुक्रबार पाँचथरमा साखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । जिल्लाको हिलिहाङ गाउँपालिका १, भालुचोकमा आफ्नो ५७ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका १, भालुचोकमा सुरु गरिएको सेवाको लागि स्थानिय बीरेन्द्र कुमार योङ्गहाङ्गलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा स्थानिय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १०८ वटा शाखा, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ५७ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको जनाएको छ ।