अन्तर्राष्ट्रिय

चीनमा बन्यो संसारकै ठुलो जहाज, युद्धका लागि उपयोगी हुने

एजेन्सी । चीनले संसारकै ठूलो जहाज निर्माण सम्पन्न गरी उडान परीक्षण गरेको छ । बोइङ ७३७ को नाम एजी ६०० दिइएको छ ।

उक्त जहाजले ग्वाङडोङ राज्यको जुहाइ विमानस्थलबाट पहिलो पटक उडान भरेको थियो । उडान अवधि एक घन्टाको रहेको बीबीसीले जनाएको छ । समुद्रमासमेत गुड्ने जहाजमा ५० जना मानिस अट्ने क्षमताको रहेको छ भने १२ घण्टासम्म उडिरहन सक्छ ।

आगलागी नियन्त्रण, समुद्री विपद्का बेला उद्दारका लागि तयार पारिएको उक्त जहाज सैनिक युद्धका लागि उपयोगी हुने बताइएको छ । । जहाज निर्माण ८ वर्षअघिबाट थालिएको थियो । चीनले यस्ता १७ वटा जहाज बनाउन अर्डर गरिसकेको छ ।