राजनीति

माओवादी केन्द्रका दुई नेतामाथि कडा कारबाही

पर्सा । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै दुई नेतालाई कारबाही गरेको छ ।

माओवादीले पर्सा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेकी उर्मिला अर्याललाई असहयोग गरेको भन्दै जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँ र पूर्व जिल्ला संयोजक बाबुराम कौशिकलाई कारवाही गरेको हो ।

मिया र कौशिकमाथि निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्दै पार्टी हित विपरीत काम गरेको आरोपमा माओवादी केन्द्र पर्साले लगाएको छ । उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको माओवादी केन्द्र पर्साले बताएको छ ।