राजनीति

राष्ट्रपतिविरुद्ध सडकमा उत्रियो नेविसंघ

काठमाण्डौ । नेपाली काँग्रेससम्बद्ध नेविसंघ राष्ट्रिय सभा गठबन सम्बन्धी अध्यादेशलाई लिएर राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको छ ।

आइतबार नेवि संघले प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाएका थिए ।

राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवेधानिक गतिरोध सृजना गर्न खोजेको नेवि संघको आरोप छ ।