कृषि

टेवा कृषि संस्थाको नयाँ कार्यसमिति चयन

भक्तपुर । टेवा कृषि संस्था लिमिटेड कटुञ्जेको पाँचौँ वार्षिक साधारणसभाले आगामी चार वर्षका लागि गणेशमान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिका उपाध्यक्षमा पुरुषोत्तम ढुंगेल, सचिवमा जगतकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा शम्भु पन्त तथा सदस्यमा विन्दु रेग्मी, सुनीलराज पाण्डे र तेजप्रसाद चौधरी निर्विरोध निर्वाचित भएका छन् । सो संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा गंगाप्रसाद ख्याजु, सचिवमा निर्मला श्रेष्ठ र सदस्यमा मोहनकृष्ण श्रेष्ठ चयन भए ।

जिल्ला कृषि सहकारी संघका अध्यक्ष उत्तम सापकोटाले यो संस्था सहकारीमैत्री हुनुका साथै सहकारी ऐनको भावना अनुकूल सञ्चालन भएको बताए । जिल्ला सहकारी संघका सञ्चालक सावित्री धौभडेल, जिल्ला डिभिजन सहकारी कार्यालयका कृष्णबहादुर खड्का, युवा स्वरोजगार कोषका चण्डीराज नेपाल, जिल्ला कृषि कार्यालयका भानुप्रसाद ढुंगेलले शहकारीका विविध विषयमा चर्चा गरे ।

उक्त संस्थाले विगत पाँच वर्षदेखि कटुञ्जे–२ मा आफ्नै कृषि फार्म सञ्चालन गरी अर्गानिक कृषि उपज उत्पादन गर्दै आएको छ ।