खेलकुद

मेस्सीको जादु, जुत्ता बिना मोजाका भरमा गोल !

काठमाण्डौ । यो सिजनको पहिलो एल क्लासिको शनिबार सकिए पनि त्यसको रंग भने अझै केही समय रहनेछ । यो सिजन लिगमा राम्रो प्रदर्शन गरेको बार्सिलोनाले आफ्नो अपराजित यात्रा २५ खेलमा पुर्‍याउने क्रममा रियल मड्रिडलाई उसकै मैदानमा ३–० ले हरायो ।

यो खेलमा लुइस स्वारेज, लियोनल मेस्सी र एलेक्स भिडालले बार्साका लागि गोल गरे । रियलका लागि रोनाल्डोले दुई सुन्दर मौका बनाए पनि गोल गर्न सकेनन् । करिम बेन्जिमको प्रहार बारमा लाग्यो । ह्याण्ड बलका कारण रियलका ड्यानी कारभाहालले रेड कार्ड पाए ।

यी सबै कुराले शनिबारको एल क्लासिको चर्चामा छ । यो खेलको अर्को चर्चित विषय हो, खेलको इन्जुरी समयमा मेस्सीले भिडाललाई गोलका लागि गरेको सहयोग । पेनाल्टीमा आफूले गोल गरेका मेस्सीले इन्जुरी समयमा भिडाललाई गोलका लागि सुन्दर सहयोग गरे । तर त्यसबेला मेस्सीको एउटा खुट्टामा बुट ९जुत्ता० थिएन, मोजा मात्रै थियो । जुत्ता बिना पनि मेस्सीले गोलका लागि सुन्दर सहयोग गरेर सबैलाई चकित पारे ।

गोलपछि मेस्सी र भिडाल सेलिब्रेट गर्न एकअर्का तर्फ आउँदाको तस्बिरमा मेस्सीको एउटा खुट्टामा जुत्ता नभएको देखिन्छ । उनको एउटा खुट्टामा मोजा मात्रै छ ।