पु.समाचार

केपीजी र मैंले पुल भत्काएर अगाडि बढेका छौंः अध्यक्ष दाहाल

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताबाट पछाडि फर्कन सक्ने अवस्था नरहेको बताएका छन् । चितवनमा बाम बुद्धिजीवीले आयोजना गरेको कार्यक्रममा दाहालले पार्टी एकताका सन्दर्भमा मिडियामा कपोलकल्पित र भ्रामकरुपमा आएको उल्लेख गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताबाट पछाडि फर्कन सक्ने अवस्था नरहेको बताएका छन् ।

चितवनमा बाम बुद्धिजीवीले आयोजना गरेको कार्यक्रममा दाहालले पार्टी एकताका सन्दर्भमा मिडियामा कपोलकल्पित र भ्रामकरुपमा आएको उल्लेख गरे । ‘पुल रह्यो भने पछाडि फर्कन सकिन्छ भनेर केपीजी र मैंले पुल भत्काएर अगाडि बढेका छौं,’ उनले भने, ‘पार्टी एकता गम्भीरताका साथ अगाडि बढेको छ, अब टुंग्याउने ढंगले अगाडि बढेको छ ।’

पार्टी एकतामा दरार पैदा गर्ने प्रयत्न पनि भएको दाहालको भनाइ छ । ‘प्वाल पार्न पाइन्छ कि, दरार पैदान गर्न पाइन्छ कि भन्ने पक्ष पनि छ, हाम्रोजस्तो वर्गीय समाजमा त्यस्ता प्रवृत्ति हुन्छन्,’ उनको भनाइ थियो, ‘तर परास्त गर्न सकिन्छ ।’

वाम पार्टी एकता फुकाउने सबै कसरत हास्यास्पद हुने उल्लेख गर्दै दाहालले एकतालाई नेपाली समाजको अनुमोदन गरिसकेको बताए ।