मनोरञ्जन

विष्णु माझिले ‘हिसाव किताब’ सार्वजनिक गरेपछि…

काठमाण्डौ । नेपाली लोकदोहोरी गित क्षेत्रमा स्वरकिन्नरीको रुपमा परिचित गायिका विष्णु माझि र तिलराम ढकालको सुमधुर आवाजमा मार्मिक लोकदोहोरी गित हिसाव किताव बजारमा भखरै मात्र आएको छ । बुर्तिबाङ म्युजिकको प्रस्तुतिमा अमीत बाबू रोकायको लय र तिलराम ढकालको शब्द सिर्जना , विनोद बाजुरालीको एरेन्जमा गित बजारमा आएको हो ।

मायामा पाएको धोका र विछोडको भावहरुलाई गितमा समेटिएको निमार्ण पक्षले बनाएको छ । मायामा साहानुभुतिका शब्दहरु गितमा दिइएको छ । एकोहोरो मायामा असफल हुनु पर्दाको पिडालाई निकै मार्मिक रुपमा समेटिएको छ । स्मृति तिमिल्सिना गुरुआमा को निर्देशन, सम्पादक सुजन शाही रहेका छन ।

बुर्तिबाङ म्युजिकका प्रबन्ध निर्देशक मोहन बिरही शिपालीका अनुसार निकै मार्मिक गित भएकाले दर्शकको रोजाईको गित बन्न सफल बन्ने अपेक्षा गरिएको छ । भिडियोमा रंजिता गुरुङ र दुर्गेश थापा को अभिनय रहेको छ ।