राजनीति

एमालेको नियत देखेर माओवादी शंकामा, एमालेले छोडे काँग्रेस जिन्दावाद !

काठमाण्डौ । नेकपा माओवादी केन्द्र र एमालेबीचको पार्टी एकता टुंगोमा पुग्ने कुनै छाँटकाँट देखिएको छैन । चुनावमा पार्टी एकता गर्ने भनेर मतदातालाई ढुक्क बनाउँदै जनमत बटुलेका यी दलले जनतालाई झुक्याएको प्रष्टै देखिन्छ ।

यतिसम्म कि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो(शनिबार) एक कार्यक्रममा भने, ‘जब एमाले ८० सिटतिर गयो र कांग्रेस २०–२१ सिटमा समेटिएपछि एमालेका केही नेता साथीहरुलाई के लाग्यो भने अब हाम्रो एक्लै बहुमत पुग्ने भयो’ एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तितर्फ संकेत गर्दै दाहालले कसैको नाम नलिई भनेका थिए, ‘यो पनि हामीलाई चाहिन्छ, त्यो पनि हामीलाई चाहिन्छ भनेर केही नेताहरुले बोल्नुभयो ।’

दाहाल अझै पनि उमालेप्रति शंका गरिरहेका छन् । पार्टी एकता गर्ने भनेर एउटै माला लगाएका ओली र दाहाल फुट्ने मनस्थितिमा देखिन्छन् ।

उनले एमालेले फोरम नेपालसँग सहकार्य गरेर सरकार निर्माण गर्न लागेको भन्दै आक्रोश पोखे । एमाले अध्यक्ष ओलीले उपेन्द्र यादवलाई फोन गरेर भेट्न बोलाएपछि दाहाल झनै शशंकित बनेका हुन् । उनलाई ओलीको त्यति भर लागेको छैन ।

आइतबार दाङमा माओवादी नेता कृष्णबहादुर महराले भने, ‘एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुन्छन् यसमा कुनै दुईमत छैन ।’

उनले पद बाँडफाँडबारे यसो भने पनि एमालेले आधिकारिक धारणा ल्याएको छैन । एमालेले भनेको छ,‘सहमतिमा प्रधानमन्त्री र पार्टी अध्यक्षको बाँडफाँड हुन्छ । एमालेको यो भनाई त्यति भरपर्दो छैन् ।

एमालेप्रति शंका गर्दै अध्यक्ष दाहालले अझै थपे, ‘उपेन्द्रसँग हुन्छ कि भनेर कोसिस त भयो ।’

एमाले उपेन्द्रसँग मिल्न लागेको र आफूसँग कुनै सल्लाह नगरेको भन्दै माओवादी त्रासमा छ । उसले भित्रि योजना बुनिसकेको छ ।

एमालेले छोडे काँग्रेस जिन्दावादः माओवादी

एमालेले माओवादीबाट एक्लिनको लागि अन्य दलको सहारा खोज्न थालिसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ताका लागि आह्वान गरिसकेका बेला माओवादीले पनि पार्टी एकताको विक्लप सोच्न थालिसकेको स्रोतले बताएको छ ।

एमालेले माओवादीसँग मिलेर सरकार गठन नगरे वा पार्टी एकता नगरे ठुलै मूल्य चुकाउनुपर्ने भएको छ । काँग्रेससभापति शेरबहादुर देउवासँग प्रचण्डले एमालेले धोका दिएमा काँग्रेससँग मिलेर नयाँ सरकार बनाउने जाल रचिसकेका छन् । आफूलाई राजनीतिको खेलाडि ठान्ने अध्यक्ष ओलीले माओवादी अध्यक्ष दाहालबाट सतर्क हुनपर्ने देखिएको छ । एमालेको घमण्डी स्वभाव रहिरहे काँग्रेस–माओवादीको सरकार बन्ने निश्चित छ ।