राजनीति

नवराज सिलवाल पक्राउ पर्ने निश्चित ! अब के प्रतिक्रिया देला एमालेले ?

काठमाण्डौ । नेकपा एमालेमा प्रवेश गरेलगत्तै ललितपुर क्षेत्र नम्बर १ बाट सांसद हुन सफल पूर्व डिआइजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

केही महिनाअघि प्रहरी प्रमुख बन्ने होडबाजीमा रहेका सिलवालको साटो सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनाएलगत्तै उनी एमाले प्रवेश गरेका थिए । तर केही दिनअघि सर्वोच्च अदालतले उनीसँग जोडिएको मुद्धाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेलगत्तै सिलवालविरुद्ध काठमाण्डौ प्रहरीमा जाहेरी परेको थियो ।

सोही जाहेरीको आधारमा काठमाण्डौ प्रहरी प्रमुखले सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई निर्देशन दिइसकेको जनाइएको छ । केही महिनाअघि प्रहरी प्रमुख बन्ने रोलक्रममा रहेका सिलवाल, जयबहादुर चन्द र प्रकाश अर्यालबीच तीव्र प्रतिस्पर्धा चलेको थियो । सोही बीचमा तत्कालीन प्रधानन्यायाधीस सुशीला कार्कीको पूर्ण इजलासले कार्य मूल्यांकनको आधारमा प्रहरी प्रमुखहरुको नियुक्ति गर्ने निर्णय गरेसँगै प्रकाश अर्याल प्रहरी प्रमुख भएका थिए ।

सर्वोच्च अदालतको सोही निर्णयको पूर्णपाठ भर्खरै सर्वोच्चले सार्वजनिक गरेको थियो । उक्त पूर्ण पाठमा तत्कालीन डिआइजी सिलवालले बुझाएको कार्यमुल्यांकनको अंक र लोकसेवा आयोगले दिएको अंक नमिलेपछि उनीविरुद्ध काठमाण्डौ प्रहरीमा जाहेरी परेको थियो । सो जाहेरीकै आधारमा अब सिलवाल पक्राउ पर्ने निश्चित जस्तै भएको छ ।

सिलवाल पक्राउ परे एमालेले के प्रतिक्रिया देला ?
आफ्नो पार्टीबाट भर्खरै सांसद भएका सिलवाललाई तत्काल प्रहरीले पक्राउ गरे कस्तो प्रतिक्रिया देला ? एमाले प्रवेश गर्दा सिलवाललाई सो पार्टीका अध्यक्ष केपी ओलीले बोल्ड जिम्मेवारी दिने घोषणा गरेलगत्तै सांसदको टिकट दिएका थिए ।

अब सांसद भएलगत्तै उनी पक्राउ पर्ने निश्चित भएको छ । प्रहरीले दिएको पक्राउ गर्न दिएको निर्देशनपछि एमालेले प्रतिक्रिया त दिइसकेको छैन् । तर सिलवालको पक्राउसँगै मुलुकको राजनीतिमा फेरि अर्को तरंग आउने निश्चितजस्तै देखिन्छ ।

यो घटनाले नेकपा एमाले र कांग्रेसबीचमा थप टकराब ल्याउने निश्चितजस्तै देखिएको छ ।