अन्तर्राष्ट्रिय

फिलिपिन्सको दाभाओ सहरमा भीषण आगलागी, सयौं व्यक्ति हताहत भएको आशंका

एजेन्सी । फिलिपिन्सको दाभाओ सहरको एक मलमा भीषण आगलागी भएको छ । आगलागीमा परेर सयौंको मृत्यु भएको आशंका गरिएको छ ।

राजधानी मनिलाबाट ८ सय किलोमिटर दक्षिण पूर्वमा रहेको दाभाओको सपिङ मलमा लागेका सो आगलागीमा थुप्रै कर्मचारी फसेको हुनसक्ने आशंका समेत गरिएको छ ।

दि गार्डियन र बीबीसीलाई उदृत गर्दै सञ्चारमाध्यामहरुले जनाएअनुसार ३७ जनाको मृत्यु भएको छ भने दर्जनौ कर्मचारीहरु हराएका छन् । यद्यपि, मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने जनाइएको छ ।

अग्नि नियन्त्रकहरुले आगलागीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको सञ्चारमाध्यामहरुले जनाएका छन् ।