आर्थिक

अजय सुमार्गीको २२ अर्ब रकम अवैध देखियो !

काठमाण्डौ । व्यापारी अजयराज सुमार्गीले विदेशबाट ल्याउन लागेको २२ अर्ब रुपैयाँभन्दा बढी रकम अवैध देखिएको छ । सम्पत्ति सुद्धिकरण विभाग र नेपाल प्रहरीको अनुसन्धान ब्यूरो(सीआइबी) का अधिकारीहरुले गरेको अनुसन्धानबाट यो कुराको पुष्टि भएको हो ।

व्यापारी सुमार्गीले यसअघि ११ अर्ब ५० करोड रुपैयाँ विदेशबाट यसअघि नै नेपाल भित्र्याइसकेको पुष्टि भइसकेको छ ।  अहिले भित्र्याउन लागेको २२ अर्ब रुपैयाँका बारेमा भने सरकारका सम्बन्धित निकायहरुले अनुसन्धान गरिरहेका छन् ।

यद्यपि,अवैध सम्पति आर्जनबारे अनुसन्धान गर्ने निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुमार्गीका विषयमा अनुसन्धान गर्ने कार्यमा भने बहानाबाजी गर्दै आएको आरोप लाग्ने गरेको छ ।