पु.समाचार

कालिकोटमा मारिने म्यादी प्रहरीका परिवारका लागि सरकारले गर्यो यस्तो निर्णय

काठमाण्डौ । कालिकोट घटनामा मारिएका म्यादी प्रहरीका जवान विवेक एडीको मृत्युबारे छानबिन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो ।

चार सदस्यी उक्त समितिमा डिआइजी रमेश खरेल, सशस्त्रका डिआइजी प्रवीण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ रहेका छन् । उक्त छानविन टोलीलाई सात दिनभित्र घटनाको सत्य–तथ्यसहित प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

त्यस्तै मन्त्रालयले मृतक एडीका परिवारलाई दश लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ भने घटनामा घाइते हुनेहरुको निःशुल्क उपचार हुने समेत बताइएको छ ।