पु.समाचार

एमाले नेतृत्वमाथि पुष्पकमल दाहालले लगाए गम्भीर आरोप !

नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन् । अध्यक्ष दाहालले एमाले नेतृत्वले माओवादी केन्द्रलाई पाखा लगाउन संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउन लागको गम्भीर आरोप लगाएका हुन् ।

शनिबार नवलपरासीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमालेका केही नेताहरुले फोरमसँग मिलेर सरकार बनाउने पहल गरेको तर फोरमले तालमेल गर्न नमानेपछि एमाले वाध्य भएर माओवादीसँग मिल्न आएको जिकिर गरे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई पाँच वर्षसम्म प्रधानमन्त्री बन्न गरेको प्रस्तावको बारेमा समेत खुलासा गरे ।

अध्यक्ष दाहालले भने,‘प्रधानमन्त्री देउवाले पाँच वर्षसम्म प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको थियो, उहाँले लिखित सहमतिनै गर्ने प्रस्ताव राखेपनि मैले वाम एकताका लागि भएपनि एमालेसँगै मिलेर सरकार बनाउने कुरा सुनाए ।  वाम एकताको प्रस्ताव म आफैले राखेकोले पनि अब वामकै नेतृत्वमा सरकार बन्ने कुुरा प्रधानमन्त्रीलाई सुनाए ।’

अध्यक्ष दाहालले एमाले महासचिव ईश्वर पोख्रेलले लगाएको आरोपप्रति संकेत गर्दै प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एउटै हुन नसक्ने समेत संकेत गरे ।