पु.समाचार

अबको पहिलो एजेण्डा संविधान संशोधनः महतो

काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधन नभए फेरि सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

शनिबार राजविराजमा आयोजि पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले मधेसवादी दलहरुलाई मधेसी जनताले अनुमोदन गरिसकेकोले सोही अनुसार संविधान संशोधन हुनुपर्नेमा उनले जोड दिए ।

नेता महतोले मधेसवादी दलहरुको अबको पहिलो एजेण्डा पनि संविधान संशोधननै भएको जिकिर गरे ।

तराई–मधेसमा मधेसवादी दलहरुलाई जनताले एकै ठाउँमा ल्याइदिएको तर्क गर्दै उनले मधेसी मुद्धालाई ठुला दलहरु बुझ्नुपर्नेमा समेत जोड दिए ।