पु.समाचार

काठमाण्डौ महानगर प्रमुख शाक्यले फर्काए रञ्जु दर्शनालाई यस्तो जवाफ !

काठमाण्डौ–काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरी निर्माणको ढाँचा आफुहरु निर्वाचित भएर आउनु अघिनै निर्माण गरिएकोले सोही ढाँचाअनुसार निर्माण हुने बताएका छन् । शनिबार काठमाण्डौमा आयोजित सम्पदाविदहरुसँगको छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै महानगरप्रमुख शाक्यले पोखरीमा कंक्रिट विच्छ्याउने लगायतको डिजाइन यसअघिनै बनेकोले सोही अनुसार पोखरी निर्माण हुने बताए । उनले रानीपोखरी प्रताप मल्लाको पालामा निर्माण भएको स्मरण गराउँदै पोखरीको पूरातात्विक ढाँचालाई तलमाथि पार्न नहुने बताए ।

मेयर शाक्यले रानीपोखरी छेउमा कफी सप खोल्ने भन्ने कुरा अनावश्यक भएको भन्दै त्यसलाई मिडियाले बंग्याएको आरोप लगाए । काठमाण्डौ महानरपालिकाको दरबारमार्गको छेउमा रहेको सो पोखरीमा कंक्रिट विच्छ्याने र कफी सप लगायतका संरचना खोल्न लागिएको भन्दै स्थानीय चुनावमा पराजित मेयरकी उम्मेद्वार रञ्जु दर्शना लगायतले उक्त कामको विरोध गर्दै आएका थिए ।

केही सरोकारवालाहरु समेत त्यसको आलोचना गरेका थिए । मेयर शाक्यले उनीहरुले उठाएका प्रश्नहरुको शनिबार आयोजित उक्त कार्यक्रममा उत्तर दिन भ्याएका हुन् ।