राजनीति

फुङलिङ नगरपालिकाका मेयरलाई एमालेले कारबाही गर्ने

ताप्लेजुङ । नेकपा एमालेले फुङलिङ नगरपालिकाका मेयर छत्रमान प्रजापतिलाई पार्टीबाट निष्काशन हुने गरी कारबाहीका लागि सिफरिस गरेको छ ।

शनिबार बसेको जिल्ला कमिटी बैठकले उनलाई प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई असहयोग गरेको अर्कै पार्टीका उम्मेदवारलाई भोट मागेको आरोप लागेको छ । उनी पहिलेदेखि नै पार्टीको कारबाहीमा पर्दै आएका थिए । उनलाई २०७० सालमा पनि पार्टीलाई असहयोग गरेको भन्दै निलम्बन गर्न सिफारिस गरिएको थियो तर माथिल्लो कमिटिले बदर गरिदिएको थियो ।

अन्य दुई जनालाई भने स्पष्टकिरण सोध्ने निर्णय गरेको छ । पूर्वसांसद भूपेन्द्रमान थेवे र उनकी पत्नी उर्मिला थेवेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको