अन्तर्राष्ट्रिय

भारतका पुर्ब मूख्यमन्त्री लालु यादब भ्रष्टाचार प्रमाणितपछि अदालतबाटै पक्राउ

नयाँ दिल्ली । बिहारका पूर्ब मुख्यमन्त्री लालु प्रसाद यादब सहित १५ पूर्ब उच्च अधिकारीलाई दिल्लीको अदालतले चारा घेटाला काण्डमा दोषी ठहर गरेको छ ।

पूर्ब केन्द्रीय रेल मन्त्री समेत रहेका लालु यादबका समर्थकहरुसंग शनिबार बिहान अदालत परिशर पुगेका जेडिएका नेता यादबले आफूलाई बिजेपीका नेताहरुले फसाउन खोजेको आरोप लगाएका थिए ।

लालुका साथमा १९९१ देखि १९९४ सम्म पदमा रहदा ७५ लाख घोटाला गरेको आरोपमा ३४ जना सरकारी अधिकारी बिरुद्धमा मुद्धा परेपनि उनीसहितका केहि सिबिईआईको फन्दामा परेका हुन् ।
यादबलाई प्रहरी हिरासतमा राखिएका छन् । उनी २०१४ अक्टोबरमा भ्रष्टाचार काण्डमा दुई महिना जेल बसिसकेका थिए । २०१३ मा ३७ करोडको घोटालामा मुछिएका कारण साँसदमा निर्बाचन लड्न समेत सर्बोच्च अदालतबाट बञ्चित भएक थिए ।
एक करोडबाट शुरु भएको उक्त चारा घोटाला पछि ९०० करोड सम्म पुगेको थियो ।