कृषि

विदेशिने युवालाई प्रेरणा दिँदै विद्यावारिधी गरेका कार्की अलैँची खेतीमा

इटहरी । हेर्दा नपत्याउँदा लाग्ने भोजपुरका एक युवा काठमाण्डौमा आफ्नो विद्याबारिधी अध्ययन पछि कृषि ब्यावशाय गर्न गाँउ फर्केका छन् । विद्यावारिधी गरेर ठूला ठूला परियोजनामा मोटो रकमका लागि काम गर्ने बौद्धिक बर्ग भनाउँदाहरुलाई स्थानीय चक्र बहादुर कार्कीले चुनौती दिएका छन् ।

जम्मा ३० लाख लगानी गरि अलैँची खेती गरेर केहीलाई रोजगार समेत दिदै आएका कार्की आफू र आफ्नो समाजको हितका लागि सधैं काम गर्ने बताउँछन् ।

चार सय रोपनी क्षेत्रफलमा फैलिएको उनको अलैँचीबारी हेर्दा रमिता लाग्ने छ । नेपालमा पढेलेखेका युवा विदेशिने परम्परा बढिरहेका बोला उनको यस्तो कामले विदेशिने युवालाई स्वदेशमै केही गरौं भन्ने आत्मविश्वास बढाएको छ ।

उनी अधिकांश समय अलैँची खेतीमा रमाउँछन् । अलैँची खेतीबाट कार्कीले वार्षिक २० लाख आम्दानी गर्दै आएका छन् । उनको यो मिहिनेत विदेशमा पसिना बगाउने युवाका लागि गतिलो उदाहरण बनेको छ । कार्की नेपालमा रोजगारी छैन भन्दै दिनहुँ विदेशिने युवाका लागि उदाहरण बनेको बताउँछन् ।

समाजशास्त्रमा विद्यावारिधि गरेका ३२ वर्षका कार्की कृषिलाई सम्माजनक पेशाको रुपमा विकास गर्नुपर्ने धारणा राख्छन् ।

‘अलैँचीलाई सम्माजनक पेशाको रुपमा विकास गर्नुपर्छ भनेर म लागेको छु यो पेशाबाट वार्षिक २०–२२ लाख रुपैयाँ आम्दानी हुन्छ भने किन विदेश जाने ?’, कार्की भन्छन् ।

उनी आफूसँग अलैँचीका विरुवा करिब डेढ दुई लाख भएको दाबी गर्छन् । कार्कीले अलैँची खेतीबाट अन्य १० जनालाई रोजगारी दिएको बताउँछन् । उनी जस्ता पढेलेखेको युवाले केही सिक्न जरुरी छ ।

डा. कार्कीको भोजुरको अलैँचीबारी

नेपाली काँग्रेसका सचिब समेत रहेका उनी ०६२/६३ लगायतका बिभिन्न आन्दोलनमा सकृय रुपमा सहभागी भएका थिए । काँग्रेसबाट प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ जिल्लाबाट सिफरिस भएपनि केन्द्रमा सफल हुन सकेनन् । चाकडी चाप्लुसीलाई भन्दा मेलेनत र परिश्रमलाई प्राथमिकता दिने कार्की आफ्नै भूगोललाई समृद्ध बनाउने अभियानमा जुटेका छन् । उनको कार्यबाट ज्लिाका युवाहरु उनीप्रति आकर्षित हुन थालेका छन् ।