राजनीति

माओवादीको एकै वाक्यले जनता त्रासमा ! सरकार निर्माणबारे यस्तो खुलासा

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आलोपालो सरकार चलाउने सहमति भएको खुलासा गरेका छन् ।

पार्टी एकीकरण र नयाँ सरकारसँग सँगै लैजाने सहमति गरेका यी दुई दलले प्रधानमन्त्री पनि आलोपालो गरेर चलाउने दाहालको भनाई छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको सरकारमा एक जना प्रधानमन्त्री बने अर्को पार्टी अध्यक्ष बन्ने बताइरहेका बेला यस्तो माओवादी अध्यक्ष दाहालको यस्तो भनाई आएको हो ।

शुक्रबार चितवनमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, ‘ओलीजी र मरोबीचमा प्रधानमन्त्रीका लागि आलोपालो तरिकाले सरकार चलाउने सैद्धान्तिक सहमति भएकै हो । पार्टी एकता भने यसैको लागि गठित संयोजन समिति बैठकबाट अन्तिम टुंगो लाग्नेछ ।’
उनले यसो भनिरँदा ओली समर्थक र कम्युनिष्ट सरकारमा ढुक्क भएर बसेका समर्थकका मन चिसो पसिहाल्यो । योभन्दा अगाडि पनि पार्टी एकीकरणमा शंका गरेका जनताले दोस्रो पटक ‘रियलाइज’ गर्ने मौका पाए ।

यो भन्दा अगाडि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राजधानिमा भएको एक कार्यक्रममा पार्टी अध्यक्ष र प्रधानमन्त्री एमालेले लिने बताएपछि वाम गठबन्धनमा भूकम्प नै गयो । यसको माभान दुई पार्टी अध्यक्ष ओली र दाहाल मिलेर गरे र यसलाई सामसुम पारे । नेपाली जनतालाई धोका दिनेगरी भएको आलोपालो सरकार चलाउने सहमति आगामी दिनमा वाम गठबन्धनलाई महंगो साबित हुने सरोकारवालाहरु बताउँछन् ।

एमाले र माओवादी केन्द्रबीच असोज १७ गते चुनावी तालमेल भएको थियो । उनीहरुले यही तालमेलपछि प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि एक भएर चुनावी मैदानमा उत्रिए । एउटै घोषणापत्र ल्याए । त्यसमा जनतालाई समृद्धिको लागि स्थायी सरकारको आवश्यकता पनि औल्याए । उनीहरुले विभिन्न बुँदामा बाम गठबन्धनलाई बहुमत दिनु पर्ने आवश्यकता पनि औल्याएका थिए । तर, जनताले मत दिईसकेपछि अध्यक्ष दाहालले आफैंले जनतालाई धोका दिनेगरी गरेको सहमतिबारे खुलासा गरेका हुन् ।

जनतालाई धोका दिनेले यसरी खाँदैछन् आफैं धोका

पाँच वर्षसम्म स्थायी सरकार चलाउने गरी जनताले कम्युनिष्टलाई बहुमत दिएर पठाए पनि दलका नेताहरुले भने त्यसलाई बुझेका छैनन् । जनताको सराहनिय कामलाई माओवादी अध्यक्ष दाहालले बिर्सिए र सार्वजनिक रुपकै आलोपालो सरकार चलाउने खुलासा गरे । यो कुरा प्रत्येक भोट दिएका मतदाताका मनमा चस्का हान्यो तर, प्रचण्डले मेलो पाएनन् । एउटै नेतृत्वले सरकार चलाए दिगो विकास र रोजगारी पाउँछु भन्ने प्रत्येक युवा चनाखो बने किनकि उनको यो भनाईले सबैलाई सतर्क बनाइहाल्यो । साथै विकास नहुनुमा कर्मचारी तन्त्र हाबी हुनु नै हो भने दीर्घकालीन रणनीतिको अभाव अर्काे कारण हो । अहिले आउने सरकारहरु कति महिनामा फिर्ता जानुपर्ने हो भन्ने भर हुँदैन ।

त्यसैले उनीहरुले दीर्घकालीन रणनीतिको बारेमा सोच्नपनि सोच्दैनन् । जसरी चलिरहेको छ । त्यसैलाई निरन्तरता दिएर फर्किने गरेका छन् ।

यसरी केही महिनाको लागि आउने सरकारले न त प्रशासनिक प्रक्रियाबारे केही बुझेको हुन्छ न त आफैंले केही निर्णय नै गर्न सक्छन् । त्यस्तो अवस्थामा कर्मचारीको विश्वास गर्दा अविकासको काम सधैं पछि परिरहेको यथार्थ हामी सामु छ । केपी ओली र दाहालबीच भएको भनिएको सो सम्झौताले पनि यही अवस्थालाई निरन्तरता दिने प्रयास गरेको देखिन्छ । यो नै नेपाली जनताप्रति उनीहरुले दिएको गम्भीर धोका हो ।

यसअघि ओली र दाहालमध्ये एकले पार्टी नेतृत्व, अर्कोले सरकार हाँक्ने सहमति भएको गाइँगुइँ चल्दै आए पनि सरकारै आलोपालो चलाउनेबारे कुनै चर्चा सार्वजनिक भएको थिएन। वाम गठबन्धनले स्थायी सरकार र आर्थिक समृद्धिको नारा दिएर चुनावमा भोट मागेको थियो। एमाले नेताहरुले त अहिलेसम्म सो अभिव्यक्ति स्वीकारेका छैनन् । नेपालको संविधानले नै २ वर्षसम्म सरकारको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरेको छ ।

२ वर्षपछि प्रधानमन्त्री बदलिएपछि गृहमन्त्री पनि बदलिनु स्वभाविक हो । प्रधानमन्त्रीले आफू अनुकूलको अर्थमन्त्री राख्ने चलन छ । यसरी अर्थमन्त्री पनि आफ्नै अनुकूलको राख्न खोज्दा सरकारका प्रायः अधिकांश मन्त्रीहरु परिवर्तन हुने निश्चित छ ।

अहिले पनि एमालेभित्र माधव नेपाल गुट, वामदेव गौतम गुट लगायत थुप्रै असन्तुष्ट पक्षलाई मिलाएर राख्न सकेको छैन भने माओवादीसँग पार्टी एकता गरेर फेरि पार्टी विद्रोह हुने निश्चित भएको राजनीतिक विश्लेषकहरुको ठम्याइ छ । पार्टी एकीकरण भएर फुटेमा कसैलाई पनि फाइदा पुग्ने देखिंदैन । भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा दुई पार्टी मिलेर ल्याएको बहुमत आगामी निर्वाचनमा गुम्ने सरोकारवालाहरको ठम्याइ छ ।