राजनीति

सादगी नेता ‘किसुनजी’को ९४ औं जन्म जयन्ती मनाईदै, केपी ओलीले केक काट्ने !

काठमाण्डौ । पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को आज ९४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाईदैछ । स्वर्गीय किसुनजीलाई सादगी जीवन शैली निःस्वार्थी राजनीतिज्ञको रुपमा काँग्रेस सहित सवै पार्टीमा आस्था राख्नेहरुले सम्मान पुर्वक स्मरण गदैछन् ।

नेपाली राजनीतिमा कुर्सीमा पुगेपछि जतिसक्यो राज्यको दोहन गर्नुपर्छ भन्ने सिद्धान्त विपरित किसुनजीले प्रधानमन्त्री भएका बेला आफ्नो सम्पत्तिको रुपमा ट्यांका र सुराही मात्र लिएर प्रधानमन्त्री निवासबाट बाहिरिएको चर्चा अत्याधिक हुने गरेको छ । तिनै किसुनजीको ९४ वर्षअघि पुस ८ गते जन्म भएको थियो ।

उनको नाममा स्थापना भएको सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले यसपटकको जन्मजयन्ती कार्यक्रम नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मनाउन लागेको छ । किसुनजसीको जन्मदिनमा ओलीले केक काट्दैछन् ।

दिउँसो १ बजे भट्टराई आश्रम बाडेगाउँ ललितपुरमा हुन लागेको कार्यक्रममा काँग्रेसका वरिष्ठ नेताहरुलाई पनि बोलाइएको प्रतिष्ठानकी अमिता कपालीले जानकारी दिईन् । किसुनजीको जन्मजयन्तीको अवसरमा नेपाल बाहेक अन्य देशहरुमा पनि नेपालीहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको बताइएको छ ।