मनोरञ्जन

‘टाइगर जिन्दा है’ ले पहिलो दिनमै तोड्यो रेकर्ड

नयाँ दिल्ली । क्रिसमस र नयाँ वर्षको मौका छोपेर रिलिज भएको बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘टाइगर जिन्‍दा हैु’ले बक्स अफिसमा एक नयाँ रेकर्ड बनाएको छ ।

सन् २०१७ मा सलमान खानको यस फिल्मका अलावा कुनै पनि अन्य फिल्महरुले यति धेरै कमाई गरेकै छैनन् । मिडिया रिपोर्टका अनुसार ‘टाइगर जिन्दा है’ ले रिलिजको पहिलो दिनमै बक्स अफिसमा करिब ३८ करोड रुपैयाँ आम्दानी गरेको छ । तर, यो कुराको आधिकारिक घोषणा भने हुन बाँकी छ ।

सन् २०१७ मा इदको अवसरमा रिलिज भएको फिल्म ‘ट्यूबलाइट’ ले दर्शकलाई निराश पारेसँगै बक्स अफिसबाट पनि खासै रेस्पोन्स मिलेको थिएद्द ।

सलमान खानले ‘ट्यूबलाइट’ पछि गजब कमब्याक गर्दै सलमानले आफू पुरानै र‌ंगमा फर्किएको सन्देश पनि दिएका छन् । पहिलो दिन फिल्म देखेर बाहिर निस्केका दर्शकको प्रतिक्रिया सुन्दा फिल्म राम्रो बनेको छ ।

दर्शकलाई यस फिल्ममा एक्सनज, रोमान्स, कथा र क्लाइमेक्स पनि मन परेको छ । यो ‘एक था टाइगर’ को सिक्वेल फिल्म हो । र, ५ वर्ष पहिले सलमान खानले यसै फिल्मबाट बक्स अफिसमा ३ सय करोड भन्दा धेरै आम्दानी गरेर’गजनी’ फिल्मको रेकर्ड तोडेको थियो ।

‘एक था टाइगर’ को कुल बजेट ७५ करोड थियो र फिल्मले करिब ३२० करोड रुपैयाँ आम्दानी गरेको थियो । अर्कातिर सलमान खानको पारिश्रमिक छाडेर ‘टाइगर जिन्दा है’ को कुल बजेट लगभग ज्ञछण करोड रुपैयाँ रहेको छ ।

सलमान खानको वार्षिक आम्दानी २३२ करोड रुपैयाँ थियो । यो फिल्मबाट करिब २०० करोड रुपैयाँ भन्दा धेरै आम्दानी बक्स अफिसलाई दिन सक्ने अपेक्षा गरिएको छ । यस फिल्मले विदेशमा पनि राम्रो प्रभाव छाडेको छ ।

फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै जनाए अनुसार अस्ट्रेलिया र न्यूजील्यान्डमा फिल्मको कमाई अपत्यारिलो रहेको छ । पहिलो दिन अस्ट्रेलियामा १.०१ करोड रहँदा न्युजिल्यान्डमा ३८.५४ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

फिल्मले संयुक्त अरब एमिरेट्स (युएई) मा पनि धमाकेदार आम्दानी गरेको छ । यहाँ पहिलो दिनको कमाई ६.०८ करोड रुपैयाँ रहेको छ । अर्कातिर यो फिल्मले कुवेतमा प्रतिबन्धित हुँदा लगभग ई लाख डलरको घाटा भोगेको छ ।

तर पनि सलमानको यो फिल्मले कतिको असर छाड्न सक्छ भन्ने कुरा यो सातापछि थाहा हुनेछ । फिल्ममा को(स्टार क्याटरिना कैफ पाकिस्तानी आईएसआई एजेन्टको भूमिकामा छिन् । यस फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका छन् ।