पु.समाचार

श्रीमतीलाई सांसद बनाउन गौतम र पोखरेलको यस्तो ‘रोल’

काठमाण्डौ । नेकपा एमालेले उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुल्सी थापालाई समानुपातिक सांसद बनाउने भएको छ ।

बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका वामदेवले श्रीमतीलाई सांसद बनाउन ठुलै चलखेल गरेको स्रोतले बताएको छ । त्यस्तै प्रदेश सांसद शंकर पोखरेलकी श्रीमती सुजिता शाक्य समेत सांसद बन्ने भएकी छन् ।

एमालेले शाक्य थापा सहित ११ जना महिलालाई जनजातितर्फ सांसद बनाउने तयारी गरेको छ ।