मनोरञ्जन

यसकारण ब्रिटेनका युवाले कण्डम प्रयोग गर्दैनन्

एजेन्सी । ब्रिटेनमा हालै गरिएको सर्वेक्षणका अनुसार १६ देखि २४ वर्ष उमेर समूहका धेरै युवाले नयाँ यौन पार्टनरसँग यौनसम्पर्क गर्दा कण्डमको प्रयोग गर्ने गरेका छैनन् । यसकारण २५ वर्षभन्दा कम उमेरका युवालाई यौन संक्रमणबाट बचाउन अभियान नै शुरु भएको छ ।

सर्वेका अनुसार ब्रिटेनका १० मध्ये एक युवाले यौनक्रियाका बेला कण्डम प्रयोग गर्दैनन् । यसकारण ब्रिटेन सरकारले १६ देखि २४ वर्ष उमेर समूहका युवाको यौन स्वास्थ्यबारे चासो देखाउन थालेको छ । कण्डम प्रयोग गर्दा यौनान्दमा कमी आउने कारण देखाउँदै उनीहरूले प्रयोग नगर्ने गरेको सर्वेमा उल्लेख छ । ब्रिटेनको ¥याक्सहेम निवासी १९ वर्षीय जोर्डनले कण्डम प्रयोग नगरी यौन पाटर्नरसँग यौनसम्पर्क गरिसकेको बताए ।

उनले कण्डम प्रयोग नगर्नुको पछाडी रक्सीलाई दोष दिएका छन् । ‘मदिराको नसामा कण्डम लगाउन पर्छ भन्ने होसै हुँदैन ।’ जोर्डनको भनाइ उदृत गर्दै सर्वेमा उल्लेख छ । सर्वेका अनुसार आधाजसो युवा रक्सीको नसामा यौन सम्पर्क गर्ने र सोही कारण कण्डम प्रयोग नगर्ने गरेको गरेका हुन् । जोर्डन मात्र नभएर उनका साथी लीडियाको भनाई पनि उस्तै छ । नसामा रहेको बेला सुरक्षित सेक्सको संभावना एकदमै कम हुने उनी बताउछिन् । २० वर्षीया एली विद्यार्थी हुन् । उनलाई लाग्छ की विना कण्डम यौनसम्पर्क हुनु कुनै नयाँ कुरा होइन । उनले यसलाई आमबात भएको बताइन् ।

असुरक्षित यौनसम्पर्कले संक्रमण हुने डर भन्दा गर्भवती हुने डर बढी हुने उनी बताउँछिन् । यदि गर्भ बसिहाले त्यसको जिम्मेवारी पुरुषसँग पनि जोडिने र संक्रमीत भए आफू मात्र जोडिने भएकाले गर्भ बस्नेको डर नलाग्ने उनको भनाई छ ।

उनि भन्छिन् ‘यदि युवतीले गर्भनिरोधक औषधि खाइरहेकी छिन् वा सुई लिइरहेकी छिन् भने युवकले कण्डम प्रयोग गर्नुपर्ने जरुरी छैन् ।’ सन् २०१६ मा ब्रिटेनमा क्लामेडिया तथा गोनोरिया जस्ता यौन संक्रामक रोगबाट १५ देखि २४ वर्ष उमेरका १ लाख ४१ हजार मानिस पीडित रहेका थिए । २४ वर्षीय जेस्सीले बीबीसीलाई बताए अनुसार उनलाई पनि यी दुबै बिमारीले समातेको थियो । कण्डम प्रयोग नगरी यौन सम्पर्क गरेकै कारण उनलाई यो रोग लागेको उनको भनाइ छ ।

उनले विगत सम्झिए ‘त्यतिबेला मलाई एकदमै अप्ठयारो र गाह्रो महसुुश भएको थियो । पिसाब गर्दा निकै पोल्थ्यो र पेट, काछमा पीडा हुन्थ्यो ।’ जेस्सीले आजभोली भने विना कण्डम यौनसम्पर्क नगर्ने गरेको बताए । बीबीसीका अनुसार गोनोरिया जस्ता यौनजन्य रोग निर्मुल पार्न बनाइएका एण्टिबायोटिक्सले बिस्तारै काम गर्न छोड्दै गएकोमा चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् ।