एजेन्सी । फिलिपिन्समा तुफानका कारण आएको बाढीपहिरोमा परी करिब ९० जनाको ज्यान गएको छ । अन्य दर्जनौँ व्यक्ति हराइरहेका छन् । दक्षिणी टापु मिन्दानाओ सबैभन्दा बढी प्रभावित भएको बताइएको छ ।
आँधीका कारण करिब ६४ जना हराइरहेको अधिकारीहरुले बताएका छन् । शुक्रबार आएको आँधीका कारण सो क्षति भएको हो । सञ्चार सम्पर्क विच्छेद भएका कारण उद्दारमा अवरोध आएको बताइएको छ ।