राजनीति

अध्यक्ष दाहालले रचे खतरनाक योजना, एकीकरणपछि यसरी फुट्दैछ एमाले–माअ‍ोवादी !

काठमाण्डौ । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच हुने भनिएको पार्टी एकता टर्ने स्थितिमा पुगेको छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि हुने भनिएको पार्टी एकता भाँडिने भएको हो ।

स्रोतका अनुसार एमालेको अंकारका अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चलाख भएकाले पार्टी एकताको अवस्था नरहेको बताइएको छ ।

‘माओवादी अध्यक्ष दाहालको जुन चमत्कारिक शैली छ, त्यसमा अब दुईवटा कुरामात्र बाँकी छ । अहिले नै उहाँ एमालेसँग एकीकरणमा जानुहुन्न वा गए त्यँहीका मान्छे लिएर ४० प्रतिशत बनाएर पार्टी तोड्नुहुन्छ’, स्रोतले भन्यो, ‘ तपाइँहरु नआत्तिनुहोला, अहिले गए पनि पार्टी एकीकरण गरेपछि ४० प्रतिशत लिएर आउनुहुन्छ ।’

अध्यक्ष दाहालले एमालेलाई बर्बादी पार्ने खतरनाक प्लान रचेका छन् । एमाले माओवादी केन्द्रले यसअघि नै राजधानीमा संयुक्त पत्रकार सम्मलेन गरेर पार्टी र्एकता छिट्टै हुने बताएका थिए । चुनावमा भोट माग्दै दुवै पार्टीका शीर्ष नेताहरुले नै चुनावी परिणमपछि पार्टी एकीकधरण हुने र मुलुक आर्थिक समृद्धितर्फ अगाडि बढ्ने बताएको कुरा आम मतदातासामू ताजै छ । पुत्रवियोगमा परेका अध्यक्ष दाहाललाई एमालेका नेता माधवकुमार नेपालले केही दिन सँगै लिएर हिँडेका थिए । उनीहरुबीचको घनिष्टता एतिसम्म थियो की अध्यक्ष दाहाललाई काठमाण्डौबाट लिएर नेपालसँगै चितवन पुगेको थिए । काठमाण्डौबाट चुनाव उठेका नेपाल चुनावी प्रचारप्रसार छोडेर दाहाललाइै सहानुभूति दिन चितवन पुगेका थिए ।

यसअघि एमालेसँग आलोपालो सरकार चलाउने सहमति भए पनि ओलीले सरकार नछाडेको र काँग्रेससँग मिलेर नयाँ सरकार चलाएका दाहालको चतुर्यायी पनि अनौठो किसिमको छ । उनी अब एमालेसँग पार्टी एकता गरेर पनि त्यतिकै भने नबस्ने भएका छन् । स्रोतका अनुसार एमालेमा ठुलै पहिरो ल्याएर अध्यक्ष दाहाल बाहिरँदैछन् । माओवादीले एमालेसँग चुनावमा ४० प्रतिशतमा चित्त बुझाएको थियो । उनले एमाले भित्रै भएका ४० प्रतिशत नेतालाई पनि आफूसँगै लिएर एमालेसँगको पार्टी एकता भंग गर्ने उच्च स्रोतले बताएको छ । माओवादीसँग पार्टी एकता गर्नाले एमालेले ठुलै मूल्य चुकाउनु पर्नेछ ।

पार्टी एकीकरण अगाबै एमालेका केही नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष एमालेकै नेता हुने बताएपछि बिच्किएको माओवादी तत्काल एमालेसँगको पार्टी एकता भंग गर्न चाँहदैन । ०६४ सालको निर्वाचनमा पहिलो पार्टी भएर सरकार चलाएको अनुभव र त्यसपछि पनि काँग्रेस–एमालेसँग मिलेर पटकपटक सरकार चलाएको अनुभव माओवादीसँग छ । माओवादी अध्यक्ष दाहाल कम बोल्ने र भित्री प्लान योजना बनाउने नेतामा पर्छन भने एमाले अध्यक्ष ओली पनि कमका चलाख छैनन् । यसरी यी दुई चतुर अध्यक्ष मिलेर एउटै पार्टी चलाउने चानचुने कुरा छैन ।

एमाले स्रोतका अनुसार पार्टी एकता अगाबै माओवादी केन्द्र बिच्किएकाले एमाले पनि माओवादीको चर्तिकलाबाट एमाले सचेत रहेको बताएको छ ।

काँग्रेस भने दुई पार्टी एकीकरण नुहनेमा ढुक्क छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउन नसकेको झोंक काँग्रेसमा पनि देखिन्छ । काँग्रेसका एक नेताले भनेका थिए, ‘कम्युनिष्टले पचास वर्ष त के पाँच वर्ष पनि शासन गर्न सक्दैन । तपाईँहरुलाई त्यत्रो ज्यादा कम्युनिस्टसँग भय छ भने भ्रष्टाचारको विरोध गर्न कम्मर कस्नुस् कम्युनिस्टको नेतृत्वको यो सरकारले पाँच वर्षपनि संसद चलाउन सक्दैन ।’