पु.समाचार

मलेसियाबाट नेपाल उडेको जहाज अचानक बंगलादेशमा रोकेपछि…

काठमाण्डौ । नेपालका लागि मलेसियाको क्वालालम्पुर विमानस्थलबाट उडेको मालिण्डो एअरको जहाज बंगलादेशको ढाकामा अवतरण गरेको छ ।

स्थानीय समयअनुसार शुक्रबार साँझ ६ः१० बजे काठमाण्डौका लागि उडेको उक्त जहाज मौसम खरावी कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्दा भारतको लखनउ हुँदै ढाकामा अवतरण गरेको छ ।

१९६ जना यात्रु सवार जहाज नेपाली समयअनुसार ८ः३५ मा अवतरण भए पनि खराब मौसम एवं जहाजको प्राविधिक गडबडीको कारण त्यहाँबाट लखनउ उडाइएको बताइएको छ ।

अब कुन बेला नेपाल हुन्छ भन्ने कुनै जानकारी प्राप्त भएको छैन् ।